पप्पु कण्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार प्रहरी हिरासतमा

ठगी गरेको अभयोगमा आज प्रहरीले पप्पु कण्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको बताइएको छ । बाँके जिल्ला अदालतको पक्राउ पूूर्जीको आधारमा काठमाडौंको बानेश्वरबाट जसपाका पूर्व सांसद समेत रहेका रौनियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी ट‍ोलीले पक्राउ गरेको प्रहरीको भनाइ छ । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय , बाँकेमा ठगी सम्बन्धी कसुरमा कारबाहीको माग गरि उजुरी परेको जनाइएको छ ।

यता पक्राउ परेका रौनियार सञ्चालक रहेको पप्पु कण्ट्रक्सनले समयमा आफूले पाएको ठेक्काको य‍ोजना समयमा पूरा नगर्ने ,रतथा सम्पन्न गरेका अधिकांश आयोजना गुणस्तरहीन भएकाले पप्पु कण्ट्रक्सनलाई कारबाही गर्नु पर्ने आवाज उठ्तै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *