भूमि सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णयले सरकारलाई धक्का

जनता समाजवादी पार्टी नेपालको आज बसेको संघीय संसदीय दलको बैठकले नेपाल सरकारले जारी गरेका ५ वटा अध्यादेशको पक्षमा मतदान गर्ने तर भूमि सम्बन्धी ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेसँगै संघीय संसदबाट भूमि सम्बन्धी अध्यादेश पारित हुन सम्भावना टरेको छ । यसले ओली सरकारलाई धक्का लागेको छ । जनता समाजवादी पार्टी नेपालको संघीय संसदीय दलको कार्यालयलेआज जारी गरेको प्रेस विज्ञप्तीमा भूमिहीन तथा सुकुम्बासीहरुको व्यवस्थापन भएका ऐनबाट गर्न सकिने र भूमि सम्बन्धी अध्यादेश भूमि दुरुपयोग गर्ने उद्देश्यबाट आएकोले यो अध्यादेशलाई समर्थन गर्न नसकिने उल्लेख छ ।

जनता समाजवादी पार्टी नेपालले समर्थन नगर्दा संघीय संसदको तल सदन प्रतिनिधि सभाबाट सजिलैसँग यो अध्यादेश पारित हुन सक्ने अवसथा रहेपनि संघीय संसदको माथिल्लो सदन ६० सदस्यीय राष्ट्रिय सभामा यो अध्यादेशको पक्षमा आवश्यक पर्ने ३० मत पुग्ने सम्भावना देखिदैन ।

गत महिना नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ५ वटा अध्यादेश तत्कालै जारी गरेपनि भूमि सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश अध्ययनका लागि भनेर केही दिन होल्ड गरेर राख्नु भएको थियो तर संवैधानिक बाध्यात्मक अवस्थाका कारण अन्तत: उहाँले यो अध्यादेश जारी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *