लोकप्रिय कलाकार जितु नेपाल मातृ शोकमा छन् । उनकी आमा योगमाया नेपालको ८९ वर्षको उमेरमा वि.सं.२०८१ फाल्गुण ४ गते निधन भएको हो । दमबाट पीडित रहदै आएकी उनको निधनमा कलाकारहरु लगायतले शोक प्रकट गरि शोकाकुल परिवारलाई समवेदना दिइरहेका छन् । उनका कलाकार जितु नेपाल सहित ६ जना छोरा र १ जना छोरी रहेको बताइएको छ ।
सिन्धुपाल्चोकमा जन्मेर हुर्केका जितु नेपाल काठमाडौं उपत्यकालाई कर्मथलो बनाई कार्य गरिरहेका छन् । उनी नेपाली कलकारिता क्षेत्रमा लोकप्रिय बनेका छन् ।





