पल शाहलाई उच्च अदालत, पोखराले बलात्कार मुद्धामा दियो सफाई

नाबालिका बलात्कारको आरोपमा जेलमा रहेका कलाकार पल शाह उर्फ पूर्णविक्रम शाहलाई उच्च अदालत ,पोखराले नाबालिका बलात्कार अभियोग पुष्टी हुने आधार नदेखिएको भन्दै सफाई दिएको छ । उच्च अदालत ,पोखराका कायम मुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्य र न्यायधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले आइतबार सो फैसला गर्दै जिल्ला अदालत, नवलपुरले गत भदौ २१ गते कलाकार शाहलाई दोषी ठहर हुने गरी गरेको फैसलामा आधार नपुगेको भन्दै त्यसलाई उल्टाई कलाकार शाहलाई कैद मुक्त गर्न आदेश दिएको छ ।

जिल्ला अदालत , नवलपुरले गत भदौ २१ गते नाबालिका बलात्कार अभियोगमा जेलमा रहेका कलाकार पल शाहलाई दोषी ठहर गरी २ वर्ष ६ महिना जेल सजाय , रु.२५,००० जरिवाना र पीडित भनिएका युवतीलाई रु.१० लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो तर त्यस्तै मुद्धमा भने कलाकार शाहलाई जिल्ला अदालत, तनहुँले सफाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *