यो वर्षको शिवरात्री पर्वमा साधु सन्तहरुको चहलपहल बढेको छ तर विगतका वर्षहरुमा जस्तो साधु सन्त र बाबाहरु चहलपहल भने यो वर्ष देखिएको छैन । केही अघोरी बाबा र साधु सन्तहरु भारतबाट आएपनि पोहोर परार जति साधु सन्तहरु यो वर्षको शिवरात्रीमा पशुपति क्षेत्रमा नआएको जानकारहरु बताउछन् । गत वर्षको शिवरात्रीमा पशुपतिमा आएका साधु सन्त र बाबाको राम्रो केयर नभएको र उनीहरुलाई बिदा भएर जाने बेलामा पशुपति विकास कोषले खर्च दिन कञ्नजुस्याई गरेको भनेर साधु सन्त र बाबाहरुले झगडा गर्ने अवस्था बनेको थियो भनृ यही बेला भारतको प्रयागमा कुम्भ मेला हुनुले धेरै साधु सन्त र बाबा त्यता जानुले यो वर्षको शिवरात्रीमा साधु सन्त र बाबाको संख्या घटंने अवस्था आएको कतिपय जानकारहरु बताउछन् । पशुपति क्षेत्रमा शौचालय लगायतको राम्रो सरसफाई नभएको एक साधुले बताए ।
यता पशुपति विकास कोषले भने पशुपतिमा शिवरात्रीको लनगि आवश्यक तयारी पूरा भएको जनाएको छ ।





