अन्तत: अभिनेता पल शाहलाई दियो तनहुँ जिल्ला अदालतले सफाई

अन्तत: नाबालिका बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह उर्फ पूर्ण विक्रम शाहलाई तनहुँ जिल्ला अदालतले नाबालिका बलात्कार गरेको प्रमाणित हुने प्रमाण नपुगेको भनी सफाई दिएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका अभिनेता शाहलाई १४ बर्षको जेल सजायको माग गर्दै पीडित भनिएकी नाबालिका तर्फबाट दिइएको जाहेरीका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय , तनहुँले तनहुँ जिल्ला अदालतमा दायर गरेको मुद्धाको आज जिल्ला न्यायधीश कोमलप्रसाद आचार्यको इजालासले अभिनेता शाहले नाबालिकालाई बलात्कार गरेको अभियोग दावी नपुगेको भन्दै सफाई दिएको छ ।

यस अगाडि नवलपुर जिल्ला अदालतले पनि नाबालिकालाई बलत्कार गरेको अभियोगको दावी पुष्टी नपुगेको भनी

सफाई दिएको थियो तर उनलाई बाल यौनजन्य गतिविधि गरेको ठहर गरी साँढे दुई वर्षको कैद सजायको फैसला गरेको बताइएको थियो ।

अभिनेता शाहले आफू माथि लागेको बालिका बलात्कारको अभियोग अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *