आफूले कुनै भ्रष्ट्रचार र अनियमितता नगरेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ

नेकपा (एस)का अध्य्यक्ष तथा भूतपूूर्व प्रधानमन्त्री माधवकुमार नेेपालले ‘आफूले कुुनै भ्रष्टाचार र अनियमितता गरेको छैन’, भन्नुभएको छ । प्रवासी नेपाली एकता समाजको निम्तोमा स्वीाटजरल्याण्ड र स्पेनको भ्रमण सकेर स्वदेशदे फर्किने क्रममा आज त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले चुनौतीको सामना गरेर अगाडि बढ्ने बताउनुभयो । आफू स्वीट्जरल्याण्ड , स्पेन र क्रोएसिया र युके भ्रमणको लागि यही साउन २२ गते टर्किस एयरलाइन्सबाट टर्कीको इस्तानबुल हुुदै स्वीट्जरल्याण्डको जेनेभा पुगेको बताउदै उहाँले आफ्नो विरुुद्ध पत्रपत्रिका लगायतमा विभिन्न नकारात्मक टिकाटिप्पणी भएकाले गलत म्यासेज नजाओस् भनेर क्रोएसिया र युकेको भ्रमण स्थगित गरेर स्वदेश फर्किएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *