आज सन्तानले आमाको मुख हेर्दै छन । नजिकमा हुने छोराछोरीले आफ्नी आमालाई भेटेर मिठामिठा खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिइरहेका छन् भने टाढा हुनेहरुले सञ्चार माध्यम मार्फत आमासँग कुराकानी गरेको देखिएको छ । यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालमा सन्तानले आमाको फोटो पोष्ट गरिरहेका छन् तर मातातीर्थ औंशीको दिन सम्झिने र अरु दिन आफ्नी आमालाई बेवास्ता गर्नेहरुको संख्या ठूलो रहेको जानकारहरु बताउछन् । पछिल्लो समयमा बुढाबुढी भएका आमाबुवालााई बोझ ठानेर बृद्धाश्रममा पु-याएर छाड्ने र त्यसपछि आमाबुवालाई फर्केर भेट्न नजाने प्रवृत्ति बढ्दै गएको छ । पढाइ या रोजगारीमा छोराछोरी विदेशिएका कारण धेरै आमाबुवा सन्तानको बाटो हेरेर बसिरहेका छन् ।
आमा नहुनेहरुले भने आफ्नी आमाको सम्झना गरिरहेका छन् ।
यता बिगतका वर्षहरुमा झै आज काठमाडौंको मातातीर्थमा आफ्ना दिवंगत आमाहरुलाई सम्झना गर्नेहरुको भीड लागेको छ ।





