नेकपा (एमाले)का नेताहरुले आगामी कैशाख १० गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उप-निर्वाचनमा ३ वटै निर्वनचन क्षेत्रमा आफ्नो पार्टीका उम्मेद्वारहरुलाई जिताउने उद्घष गरेका छन् । सो पार्टीका महासचिव शंकर पोखरेलले सञ्चारकर्मीलाई उक्त कुरा बताउनुभएको हो । यसैगरी उक्त पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे लगायतका नेता कार्यकर्ताहरुको पनि सो भनाई सार्वजनिक भएको छ । नेकपा (एमाले)को बलियो संगठन र जनताको नेकपा (एमाले)ले गरेका राम्रा काम र उम्मेद्वारप्रतिको जन विश्वास नै यो उप-निर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वारहरुको जीतको आधार भएको उनीहरुको भनाई छ ।
नेकपा (एमाले)ले बारा क्षेत्र नं.२ मा सो पार्टीका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल , चितवन क्षेत्र नं. २ मा सोही पार्टीका चितवन जिल्ला कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ क्षेत्र नं. नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेद्वार बनाएको छ ।





