उपसना महिला साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चारकर्मी चन्दा सम्मानित

रेडियो नेपालमा २६ वर्षदेखि कार्यरत सञ्चारकर्मी चन्दा विष्ट अधिकारी सहित सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तित्वहरुलाई सम्मान गर्दै काठमाडौंको सीतापाइलामा केन्द्रीय कार्यालय तथा रानीवन र रामकोटमा बचत संकलन केन्द्र रहेको उपासना महिला बचत तथा ऋण सहकारी संंस्था लि.को १४औँ वार्षिक साधारण सभा २०८० मंसिर ९ गते शनिबार श्री सीतापाइला मा.वि. सीपाइला, काठमाडौंमा सम्पन्न भयो । सो अवसरमा साइनमोडेल स्कूल,स्वयम्भू , पिपुल्स एकेडेमी, सीतापाइला तथा उधमी महिलातर्फ प्रगति समुहकी भावना (शमिला) मग्राती र महिला समुह तीनधारालाई सम्मान गरिएको थियो । उक्त अवसरमा आय‍ोजक उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की प्रशासन अधिकृत मोनिका तिमिल्सिना,नियमित बचतकर्ता सदस्यतर्फ सावित्री श्रेष्ठ , ऋणबहाक सदस्यतर्फ चञ्चला खत्री , दाम्पत्य बचत योजनातर्फ उत्कृष्ठ जोडी सम्मान त्रिलोचन बस्याल+ ह‍ोमा बस्याललाई

पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संंघ लि.,काठमाडौंका बरिष्ठ उपाध्यक्ष खेमराज सुवेदीले महिलाहरुले सञ्चालन गरेका ३०० वटा सहकारी संंस्थाहरु अरु सहकारी संस्थाहरुको तुलनामा अलि बढी राम्रो रहेको बताउदै उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.ले गरेको प्रगतिप्रति खुशी प्रकट गर्नुभयो । सहकारीका सञ्चालक र सदस्यहरुले आ-आफ्नो दायित्व ठीक ढंगले निर्वाह गर्न नसक्ता कतिपय सहकारी संंस्थामा समस्या देखिएक‍ो भन्दै उहाँले सदस्यहरु सहकारीका मालिक हुन् भएकोले यस संस्थाका सदस्यहरुले साधारण सभामा प्रस्तुत भएको प्रतिवेदन राम्र‍ोसँग अध्ययन गरी यो संस्थालाई अझै राम्रो कसरी बनाउने भनेर छलफल गर्न र अरु बेला पनि रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो ।

यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै स्वास्थ्य सहकारी केन्द्रीय संघ लि.की उपाध्यक्ष कल्याणी खड्काले ‘आफ्ना सद्स्यहरुलाई राम्रोसँग सेवा प्रवाह गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप गर्दै अगाडि बढिरहेको उपासना महिला साक‍ोसले नागार्जुन नगरपालिकाको १० वटै वडामा आफ्नो सञ्जाल विस्तार गरेको र म आफू पनि यहींको बासिन्दा भएकोले यो संंस्थामा ज‍‍ोडिएर कार‍ोबार गर्छु’, भन्नुभयो ।

यस्तै साधारण सभामा सम्मानित सञ्चारकर्मी चन्दा विष्ट अधिकारीले आफूले लैङ्गिक हिंसाका विरुद्ध सहयोग पुग्ने गरी कार्य गरिरहेको बताउदै उपासना महिला साकोसले आफूलाई सम्मान गरेको प्रति धन्यवाद दिदै यो संस्थाक‍ो थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभाको अध्यक्षता गर्नुभएकी उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी समस्यामा परेको भनेर होहल्ला भइरहेको बेलामा पनि सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीको मेहनतले हाम्रो यो संस्था आफ्नो उद्देश्य अनुरुप अगाडि बढ्न सफल भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले सो संस्थाको गतिविधि र वित्तीय अवस्था, संस्थाको भावी कार्यक्रमबारे समेत प्रकाश पार्नु भएको थियो ।

साधारण सभाको सञ्चालन गर्नुभएकी सोही संस्थाकी लेेखा सुपरीवेक्षण समिति संयोजक मैयाँ चापागाईँले संस्थाको आर्थिक वर्ष २०७९/०८० को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै त्यस संस्थालाई थप सुदृढ गर्न अवलम्वन गर्नु पर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

सोही संस्थाकी तालिम तथा शिक्षा उपसमिति संयोजक आरती चित्रकारले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस साधारण सभामा त्यसै संंस्थाका संरक्षक तथा समाजसेवी शंखवीर पुतुवार, अलगपथका सञ्चालक अर्जुन कार्की, शैलभा बचत तथा ऋण सहकारी संस्था लि,का अध्यक्ष विक्रम श्रेष्ठ, जनदेव बचत तथा ऋण सहकारी संस्था लि.का केशब थापा,, कृपा बचत तथा ऋण सहकारी संस्था लि.का राजनप्रसाद पौडेल, सुभेच्क्षा अस्तालकी प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । त्यस अवसरमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो साधारण सभाको सृजनशील महिला समुहकी जेष्ठ एकल महिला रामछोरी नगरकोटीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

उपासना महिला साकोसको १४औँ वार्षिक साधारण सभामा नि:शुल्क महिला प्रजनन् स्वास्थ्य र दन्त परीक्षण सम्पन्न

२०८० मंसिर ९ गते शनिबार नै उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ वार्षिक साधारण सभाको अवसरमा सो संस्थाका सदस्यहरुको नि:शुल्क प्रजनन् स्वास्थ्य र दन्त परीक्षण सम्पन्न भएको छ । सुभेक्षा हस्पिटल, सीतापाइलाका विशेषज्ञ डाक्टरहरुले प्रजनन् स्वास्थ्य र दन्त गरी ५४ जनाको परीक्षण गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *