कृषि अनुदानमा हुदै भ्रष्टाचारको छानविन गर्न माग

विगत केही वर्षदेखि हुँदै आएको कृषि अनुदानको भ्रष्टाचारको छानविन गरि दोषीलाई कारवाही गर्नु पर्ने सर‍‍ोकारवालाहरुले माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष रत्नप्रसाद ज‍ोशीले नक्कली कृषि फर्म र कृषक निर्माण गरेर सरकारले किसानका नाममा वितरण गर्दै आएको अरबौं रुपैया कृषि अनुदान शक्तिको निकट रहेका व्यक्तिहरुले कर्मचारीहरुसँगको मिलेमत्तोमा हात पारेर भ्रष्टाचार गर्दै आएको तर वास्तविक किसानले भने केही पाउन नसकेको अवस्था विद्यमान रहेकाले यस खाले भ्रष्टाचारमा सम्लग्न व्यक्तिहरुलाई कारवाही गर्न र वास्तविक किसानहरुलाई अनुदान सहयोग प्रदान गर्नु पर्ने बताउनुभएको छ ।

कर्मचारीसँगको मिलेमत्त‍मा यस्ता ब्यक्तिहरुले नक्कली ग‍ोठ र पशुपङ्छी देखाएर कृषि अनुदानको रकम हात पार्ने अनि त्यसपछि फरार हुने र यसको उपलब्धीको कुनै लेखाजोखा नहुने गरेको जानकारहरु बताउछन् । यही कारण राज्पले कृषि अनुदानको नाममा बर्सेनि प्रदान गर्दै आएको रकम बालुवामा हालेको पानी जस्तै हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *