जलविनायक मार्ग विस्तारमा बेथिति विरुद्ध राजकुमार थापाको नेतृत्वमा संघर्ष समिति गठन

ललितपुर महानगरपालिका वडा नं. १८ को माझीटारदेखि सैंबु भञ्ज्याङसम्मको जलविनायक मार्गको बाटो विस्तारमा बेथिति भएको भन्दै त्यहाँका स्थानीयबासीहरुको यही मंसिर ४ गते भएको भेलाले त्यस विरुद्ध संघर्ष गर्न त्यहीका स्थानीयबासी समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेश समिति सचिव एवं अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापाको अध्यक्षतामा संघर्ष समिति गठन गरेका छन् । सो समितिको उपाध्यक्षमा सीताराम तुलाधर , सचिवमा देवकुमार थापा, कोषाध्यक्षमा सकुल थापा , सह-कोषाध्यक्षमा सुरेश थापा तथा सदस्यहरुमा कान्छा तुलाधर, सुनिल थापा, राजु थापा , विजय राणा मगर र राजु थापा रहेका छन् ।

भेलाले सो जलविनायक माग अन्तर्गत पर्ने पिपलबोटदेखि भञ्ज्याडसम्ममा धेरैवटा धारामा पानी नआएको हुदा त्यसको व्यवस्थापन गर्नु पर्ने र खानेपानीको व्यवस्था नगरेसम्म बाटोको कार्य गर्न नदिने निर्णय गरेको जनाइएको छ । यसैगरी भेलाले जलविनायक मार्गको बाटो बिस्तार भएपनि साविकको पिच भन्दापनि साँगुरो गरि निर्माण हुन लागेको हुँदा सो कार्य अविलम्ब रोक्ने , बाटोको बीचमा रहेका पोल र भञ्ज्याङ ओराल‍ो चोकमा रहेको पुरानो पानी ट्याङ्की हटाई लगाउन बाँकी रिटेनिङ वाल लगाएर बाटो बिस्तार गर्नु पर्ने र बाटो पिच गर्दा य‍ो समितिलाई जानकारी गराएर मात्र गर्ने दिने निर्णय गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *