
आर्थिक वर्ष २०७९/०८० मा गरेको वित्तीय कारोबारको आधारमा काठमाडौंको शंखमूलमा रहेको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संंस्था लि. र काभ्रेपलाञ्चोकको बनेेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.लाई नेेफ्स्कून सर्वोत्कृष्ट सस्था पुुुरस्कारबाट सम्मान गरिने भएको छ ।
नेफ्स्कूनको ३६औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेफ्स्कूनको पुरस्कार तथा सम्मान छनौट उपसमितिका संंयोजक तथा नेफ्स्कूनका नि:बर्तमान अध्यक्ष डी.बी.बस्नेतले सो पुुुरस्कार तथा सम्मानको घोषणा गर्नुभएको थियो । जस अनुुसार नेफ्स्कूनको साकोस एकीकरण पुरस्कारबाट सुर्खेतको वीरेन्द्रनगर-६ मा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संंस्था लि. र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा रहेको ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि.लाई प्रदान गरिने भएको छ ।
यसैगरी नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस पुरस्कार कोशी प्रदेशबाट कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.- सुन्दरहरैचा-७, मोरङ, मधेश प्रदेशबाट आइडियल बचत तथा ऋण सहकारी संस्था लि.- राजविराज, सप्तरी, बागमती प्रदेशबाट ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.-ठेचो,ललितपुर, गण्डकी प्रदेशबाट मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.- देवचुली-१४, प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व ),लुम्बिनी प्रदेशबाट लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.-सुनवल-१२, भूमई, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कर्णाली प्रदेशबाट गंगामाला स्वाबलम्वन विकास बचत तथा ऋण सहकारी संस्था लि.-सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.,कैलालीलाई सम्मान गर्ने घोषणा गरिएको छ ।
नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट बचतकर्तामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि., झापा तथा उत्कृष्ट शेयर खरीदकर्ता साकोस पुरस्कार एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्था लि.- जिरी , दोलखालाई प्रदान गरिने घोषणा गरएको छ ।
यस्तै नेफ्स्कून उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संंघ पुरस्कार राामेछाय जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.लाई प्रदान गरिने भएको छ ।
यी पुरस्कार तथा सम्माान नेफ्स्कूनको आगामी वार्षिक साधारण सभामा प्रदान गर्ने नेेफ्स्कूनले जनाएको छ ।




