डा. ढाकाकुमार श्रेष्ठ सांसद नरहेको सभामुख घिमिरेद्वारा प्रतिनिधि सभालाई जानकारी

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा. डाकाकुमार श्रेष्ठ सांसद नरहेको आज बसेको प्रतिनिधि सभाको बैठकमा जानकारी दिनुभयो । व्यवसायी दुर्गा प्रसाईसँग नि:बर्तमान सांसद श्रेष्ठले २ करोड रुपैया घुस मागेको अडियो केही दिन पहिले सार्वजनिक भएपछि सो पार्टीले उनलाई सदस्य समेत नरहने गरेर निश्कासन गरि उनको सांसद पद रिक्त भएको जानकारी संघीय संसदलाई गराएको थिय‍ो । सोही अनुरुप प्रतिनिधि सभा सदस्य श्रेष्ठको पद गएको हो ।

उक्त पार्टीले रिक्त रहेको समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्य पदमा विन्दवासिनी कंसाकारलाई निर्वाचित गर्न निर्वाचन आयोग, नेपाललाई पत्र पठाएको बताइएको छ । आदिबासी जनजाती क्लष्टरक‍ो रिक्त सो पदमा बन्दसूची भित्रको अर्कै फरक क्लष्टरमा उम्मेद्वार रहेकी कंसाकारलाई सांसदमा निर्वाचित गर्न नहुने आवाज उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *