
निरीक्षणको क्रममा डाक्टरको प्रेस्क्रिप्सन विना औषधि पसलहरुले औषधि बेचेको पाइएको भन्दै डाक्टरको प्रेस्क्रिप्सन विना औषधि बिक्री गरेको पाइएमा कडा कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । डाक्टरको प्रेस्क्रिप्सन विना जथाभावी औषधि सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता कमी हुने सो मन्त्रालयको भनाइ छ ।





