तनहुँ१ मा खनाल र चितवन २ मा न्यौपाने नेकपा (एमाले)का उम्मेद्वार

आउदो बैशाख १० गते हुने प्रतिनिधि सभाको उप-निर्वाचनमा नेकपा (एमाले)ले तनहुँ क्षेत्र नं.१ मा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र चितवन क्षेत्र नं.२ मा स‍‍ोही पार्टीका चितवन जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको जनाएक‍ो छ । ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको सचिवालयको बैठकले उक्त निर्णय गरेको र बारा क्षेत्र नं.२ मा भने पार्टीले उम्मेद्वार टुङ्गो लगाउन १/२ दिन लाग्ने त्यसै पार्टीका नेता पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट नेपाली कांग्रेसका तर्फकाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा , बारा क्षेत्र नं.२ बाट जनता समाजवादी , नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचपत रामसहायप्रसाद यादव उप-राष्ट्रपतिमा निर्वाचित भएसँगै ती दुई निर्वाचन क्षेत्र रिक्त भएका हुन् भने चितवन क्षेत्र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादको विषयमा परेको रिटको सुनुवाई पछि सर्व‍ोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको घ‍ोषणा गरेपनि निजले पुन नेपाली नागरिकता लिएको नदेखिएकोले निजको सांसद पद सहित सार्वजनिक पद खारेज गर्ने फैसला गरेकाले चितवन क्षेत्र नं.२ रिक्त भएको हो । निर्वाचन आय‍ोगले यी ३ निर्वाचन क्षेत्रमा उप-निर्वाचन प्रक्रिया सञ्चालन गरिरहेक‍ो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *