ललितपुर महानगरपालिका-२०, मिखबहालमा आफ्नै भवनबाट सञ्चालन भइरहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को जनस्वास्थ्य उप-समितिको आयोजनामा २०८१ फाल्गुण १७ शनिबार ललितपुरको पिम्बहालमा एक दिवसीय पाठेघरको मुख क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भयो । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा ४४ जनाको पाठेेेघरको मुख क्यान्सर परीक्षण गरिएको र उहाँहरु सबै जनाको स्वास्थ्य अवस्था राम्रो भएको आयोजकको भनाई छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को सल्लाहकार तथा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा आयोजक नव युवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ज्ञानीबाबु महर्जनले सो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
स्थानीय समुदायमा आधारित रहेर यो संस्था सञ्चालन भइरहेको छ ।
कार्यक्रम झलक









