निर्वाचन आय‍‍ोगद्वारा राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको मतभार परिवर्तन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदाताको नयाँ मतभार निर्धारण गरेको जनाएको छ । जस अनुसार प्रदेश सभा सदस्यको मतभार ५३ तथा गाउँपालिका र नगरपालिकाका अध्यक्ष/ प्रमुख र उपाध्यक्ष/उप-प्रमुखको मतभार १९ बनाइएको छ । नेपालको जनगणनाको सार्वजनिक भएको प्रतिवेदन तथ्यांक कार्यालयबाट प्राप्त गरेकोले सो मतभार निर्धारण गरेको निर्वाचन आयोगको भनाइ छ । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा यस अघि प्रदेश सभा सदस्यको मतभार ४९ तथा गाउँपालिका र नगरपालिकाका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उप-प्रमुखको मतभार १८ थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित एकतिहाई सदस्यको पदाबधि आगामी फाल्गुण २० गते सकिने भएकोले त्यसको ३५ दिन अगाडि रिक्त सदस्य पदपूर्तिका लागि आगामी माघको दोश्रो साताका लागि निर्वाचनको मिति सरकार समक्ष प्रस्ताव गरेको बताइएको छ ।

फल्गुण २० गतेबाट पदाबधि सकिने राष्ट्रिय सभा सदस्यहरु

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित नेेेकपा (एमाले) का दिलकुमारी रावल, भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया , नरपति लुवार, कुमार दसौदी, रामचन्द्र राई र दीपा गुरुड , नेपाली कांग्रेेेसका अनिता देवकोटा , रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देेव र प्रकाश पन्थ, नेकपा (माके)का महेशकुमार महरा , विना पोखरेल र हरिराम चौधरी, जनता समाजवादी पार्टी, नेपालका प्रमिला कुमारी , नेकपा (एस)का सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईँ , नेपाल सरकार, मन्त्रीपरिषदले मन‍ोनित गरेका नेकपा (एमाले)की डा विमला पौड्याल राई र स्वतन्त्र सांसद डा.खिमलाल देवकोटाको आगामी फाल्गुण २० गतेबाट राष्ट्रिय सभा सदस्यको पदाबधि सकिने निर्वाचन आयोगका अधिकारीहरुको भनाइ छ । रामबहादुर थापा ‘बादल’ले नेकपा (माके) छाडेर नेकपा (एमाले) रोजेकाले उहाँ राष्ट्रिय सभा सदस्यबाट पदच्युत भएपछि रिक्त रहेको पदको बाँकी अबधिका लागि भएको निर्वाचनबाट स्वतन्त्र उम्मेद्वार बनेका डा.देवकोटा निर्वाचित हुनुभएको थियो । यसैगरी प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वार बन्न नेकपा (एमाले)का राष्ट्रिय सभा दलका नेता खिमलाल भट्टराईले राजीनामा दिएकले रिक्त रहेको पदको बाँँकी अवधिका लागि भएको निर्वाचनबाट दसौदी निर्वाचित हुनुभएक‍ो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *