नेकपा (एस)का पोलिटव्युरो सदस्य विदुर सापकोटाप्रति अन्तिम श्रद्धाञ्जली

उपचारको क्रममा हेल्पिङ ह्याण्ड्स हस्पिटलमा आज विहान ३:५० बजे निधन भएका नेकपा (एस)का पोलिटव्युरो सदस्य तथा बागमती प्रदेश कमिटीका सह-इञ्चार्ज एवं दोश्रो संविधान सभाका सदस्य विदुर सापकोटालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । काठमाडौंको आलोकनगरमा रहेको नेकपा (एस)को केन्द्रीय कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको दिवंगत सापकोटाको पार्थिव शरीरमा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, सभामुख देवराज घिमिरे लगायतले पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरे । दिवंगत सापकोटाको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिने छ ।

१४ वर्षसम्म नेकपा (एमाले) को काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सचिवको जिम्मेवारी सम्हालेका ५९ वर्षीय सापकोटा २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं.४ बाट निर्वाचित भएका थिए । २०७८ भदौमा नेकपा (एमाले) विभाजन हुँदा उनी नेकपा (एस)मा लागेका थिए ।

गत आइतबार ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेल्पिङ ह्याण्ड्स हस्पिटलमा भर्ना गरिएको बताइएको छ ।

दिवंगत सापकोटाका १ छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *