नेकपाक‍ो विशेष राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

यही बैशाख ८ र ९ गते विराटनगरमा हुन लागेक‍ो ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको स‍ो पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले बताउनुभएको छ । उक्त सम्मेलनको उद्घाटन सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले गर्ने कार्यक्रम रहेको भट्टको भनाइ छ । यो सम्मेलन धरानामा गर्ने भनिएको थियो तर पछि प्राविधिक कारणले स्थान परिवर्तन गर्नु परेको बताइएको छ ।

नेकपाको पर्सा जिल्ला कार्यालय उद्घाटन

नेपाल कम्युनिष्ट पार्टीको पर्सा जिल्ला कार्यालय बीरगञ्जमा स्थापना भएको जानकारी प्राप्त भएको छ । सो कार्यालयको सोही पार्टीका मधेश प्रदेश समितिका सचिव विष्णुबहादुर बरालले उद्घाटन गर्नु भएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको पर्सा जिल्ला स्तरीय भेला हालै नेता भीम न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो । शहीदहरुप्रति एक मिनेट मौनधारण गरी शुरु भएको यो भेलाबाट भीम न्यौपानेको संयोजकत्वमा १३ सदस्यीय सो पार्टीको पर्सा जिल्ला सम्मेलन आयोजक समिति पुनर्गठन भएको छ । उक्त समितिका सदस्यमा विजय मुखिया, राधेश्याम साह, कान्तिदेवी राम, सविता राम, धनराज हजारा, सेखराज पासवान, दीपक पासवान, विकी महतो धानुक, रामबहादुर भगत माली, अशोक साह, राहुल गुप्ता र ईस्लाम अन्सारी हुनुहुन्छ ।

यो भेलामा मन्तव्य व्यक्त गर्दै स‍ही पार्टीका अध्यक्ष ऋषि कट्टेलले कम्युनिष्टको नाममा भइरहेको भ्रष्टिकरणका विरुद्ध सिद्धान्तनिष्ट कम्युनिष्टहरुको पुनर्गठन आवश्यक भएकाले नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरिएको र यसमा सबै क्रान्तिकारी कम्युनिष्टहरुको उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले ‘बर्तमानमा यो सत्ताको विरुद्ध रहेका र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद हुदै साम्यवादमा संक्रमण गर्ने दिशाका रहेका शक्तिहरुसँग सिद्धान्तनिष्ट संघर्ष रुपान्तरण र एकताको पक्षमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना योजनाहरु अगाडि बढाइरहेको छ’, भन्नुभयो । यसैगरी उक्त पार्टीका संगठन विभाग प्रमुख कृष्णहरि भट्टले ‘श्रमजीवी वर्गको पार्टी भनेको कम्युनिष्ट पार्टी मात्र हुन्छ । नामधारी बजारका कम्युनिष्ट भनेका समन्वयवादी हुन् । अन्तत: यिनीहरु भनेका भाहृ कांग्रेस हुन्’, भन्नु भयो । उहाँले जनताले अब आफ्नै लागि आफैले संघर्ष गर्नु पर्ने कुरामा जोड दिनुभयो । उक्त पार्टीका मधेश प्रदेश समितिका सचिव विष्णु बराल र बारा जिल्ला संयोजन समितिका संयोजक अनिल भण्डारीले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्दै उक्त भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेकपाको मधेश प्रदेश स्तरीय भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरीय भेला सो पार्टीका मधेश प्रदेश समितिका अध्यक्ष विपति मण्डलको अध्यक्षतामा हालै धनुषाको लालगढमा सम्पन्न भएको जनाइएको । सोही पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख कृष्णहरि भट्ट र इञ्चार्ज सत्यनारायण मुखियाको उपस्थित रहेको उक्त भेलाले विपति मण्डलको अध्यक्षतामा सात सदस्यीय सो पार्टीको मधेश प्रदेश समितिको पुनर्गठन गरेको छ । यो समितिक‍ो उपाध्यक्षमा रामकुमार निरौला, सचिवमा बिष्णुबहादुर बराल, सहसचिवमा जय पासवान र सदस्यमा महेशकुमार सहानी, राजेन्द्रप्रसाद यादव र विनयकुमार झा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *