नेपाली कांग्रेसले १६ वटा वडाध्यक्ष जित्यो , कन्काई-६ मा ओली विजयी

हिजो सम्पन्न स्थानीय तहको उपनिर्वाचनको अहिलेसम्म घोषणा भएको नतिजा अनुसार नेपाली कांग्रेसले १६ वटा वडामा विजय हासिल गरेको छ भने सोही पार्टीका कीर्तिपुर नगरपालिकाको मेयर पदका उम्मेद्वार कृष्णमान डंगोलले मतगणनामा अग्रता लिइरहेका छन् ।

यता तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं.८ को वडाध्यक्षमा नगेन्द्र लिम्बू ४४० मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बुद्धबहादुर लिम्बूले ४६० , रास्वपाका सञ्जिब खड्काले ३८ , नेकपा (माके)का कुमार बिश्वकर्माले २६ र राप्रपाका रत्नबहादुर श्रीपालीले ४ मत पाएको जनाइएको छ ।

यस्तै यस अघि नेकपा (एमाले)ले जितेक‍ो सुनसरीको गढी गाउँपालिका वडा नं.६ को वडाध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु ८१६ मत पाएर विजयी हुदा त्यहाँ नेकपा (माके)का कुशेश्वर खेरवारले ७९४, नेकपा (एमाले)का सन्तु उरावले ७७० , राप्रपाका कविताकुमारी उरावले ८७ र रास्वपाका शशिकुमार साहुले ३३ मत पाएको बताइएको छ

रौतहटको ईशनाथ नगरपालिका वडा नं.७ को वडाध्यक्षमा शेख अब्दुल खलिक ६२७ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेख अनवारले ५७५, नेकपा (एस)का सदरे आलमले ४५२ , जनमत पार्टीका शेख जमिरुल हकले १३७ र नेकपा (माके)का शेख अमिरुलले २४ मत पाए ।

यस अघि नेकपा (एमाले)ले जितेको रौतहटकै राजपुर नगरपालिका वडा नं.६ को वडाध्यक्षमा नेपाली कांग्रेसका समसे आलम ७४४ मत पाएर विजयी हुँदा नेकपा (माके)का जिकरुलाहले ४६३, नेकपा (एमाले)का मोहम्मद नसिम अख्तरले ४३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५ र स्वतन्त्र उम्मेद्वार शेख रेयाजले ३० मत प्राप्त गरे ।

यस अघि नेकपा (माके)ले जितेको मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी २,०६३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (माके)का रविकुमार प्रधानले १,५६०, नेकपा (एमाले)का राजेश नगरकोटीले १,३९८ , राप्रपाका प्रेमबहादुर भोलनले १७८ र रास्वपाका आशावीर बलले ८३ मत पाए ।

काठमाडौको कीर्तिपुर नगरपालिका वडा नं.१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले ४९८ र नेकपा (माके)का सरल गोपाल महर्जनले १७३ मत पाए ।

काठमाडौं कीर्तिपुर नगरपालिकाकै वडा नं.४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानिया १,१५५ मत पाएर विजयी भए भने उनकी निकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार पविता खड्का अधिकारीले ८०६, नेकपा (एमाले)का बद्री बुढाथ‍ोकीले ४६०, नेकपा (माके)का नारायण विष्टले ३८२, राप्रपाका विजेश बस्नेतले १४२ मत पाएको बताइएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं.१ को वडाध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ १,१८४ मत पाए विजयी हुदाँ उनका प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले ९३०, नेकपा (माके)का दुर्गाबहादुर वि.क.ले १४३, रास्वपाका विकास थापाले ४३ र राप्रपाका ईश्वरी खातीले ५ मत पाए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका गाउँपालिका वडा नं.४ को वडाध्यक्षमा नेपाली कांंग्रेसका भुपमणि पुन मगर ६४३ मत प्राप्त गरि विजयी हुदा त्यहाँ नेकपा (एमाले)का बेगम पुनले ४३५ , नेकपा (माके)का नरेशजंग सिंहले ७०, राप्रपाका पहलबहादुर वलीले १० र रास्वपाका हिमबहादुर पुनले ७ मत पाए ।

रुकुम (पश्चिम भाग)को सानोभेरी गाउँपालिका वडा नं.५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतिराम खत्री ५९० मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (माके)का जसिराम खत्रीले ५३७ मत पाए ।

यस अघि नेकपा (माके)ले जितेको जाजरकोटको कुसे गाउँपालिका वडा नं.७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर विष्ट ३४७ मत प्राप्त गरि विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (माके)का ग‍‍ोरखबहादुर नेपालीले ३३२ , नेकपा (एमाले)का डम्बरबहादुर घर्तीले २५२ र राप्रपाका लालबहादुर खत्रीले ८ मत पाए ।

यस अघि नेकपा (एमाले)ले जितेको बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अमिन थारू १,०४३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (माके)का शेरकहादुर थारूले ६७८, नेकपा (एमाले)का विष्णुप्रसाद देवकोटाले ३३७ र नाउपाका प्रीतिलाल थारूले ७० मत पाए ।

बझाङको सुर्मा गाउँपालिका वडा नं.४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धीरेन्द्र पुजारी ६५० मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लखिचन्द्र बोहराले ४८७ र नेकपा (माके)का पुस्करबहादुर बोहराले १७ मत पाए ।

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा ४६८ मत पाएर विजयी हुँदा त्यहाँ नेकपा (एमाले)का देवबहादुर थापाले ३०१ , रास्वपाकी जानकीकुमारी खड्का कुँवरले ३१ र नेकपा (माके)का देवीलाल थापाले २६ मत पाए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द १,१०७ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बहादुर चन्दले ४८७, राप्रपाका सुशिलकुमार भटटले ३६९, नेकपा (एस)का जितेन्द्रबहादुर चन्दले २३५ र रास्वपाका रामदत्त भट्टले २१८ मत पाए ।

दार्चुलाको दुहुँ गाउँपालिका वडा नं.५ को वडाध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर ३७४ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का मानसिंह बडालले ३५८ र नेकपा (माके)का वीरसिंह कार्कीले ९८ र स्वतन्त्र उम्मेद्वार लालबहादुर कुँवरले २५ मत पाए ।

कन्काई नगरपालिका वडा नं. ६ क‍ो वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार ओली विजयी

झापाको कन्काई नगरपालिका वडा नं.६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का तुलाराम बस्नेतले ३५६ र नेपाली कांग्रेसका रामग‍‍‍‍ोपाल ओलीले ३१७ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *