पुस्तकालय भनेको अँध्यारो ठाउँमा बत्ती हो : सुरेन्द्रराज गोसाई :

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुुरेन्द्रराज गोसाईले ‘आजको मठ मन्दिर हाम्रो पवित्र ठाउँ भए जस्तै नयाँ पुस्ताका लगि पुस्ताकालय पनि पवित्र स्थल हो र हामीसँग पुस्तकालय नरहे हरेक क्षेत्र पछि पर्छ’, भन्नुभएको छ । २०८० भदौ ९ गते शनिबार कालीघाट पुस्तकालयको आय‍ोजनामा सो पुस्तकालयबारे स्थानीयलाई जानकारी दिने तथा २०४५ सालको भक्तपुर काण्डको संस्मरण एवं भत्सर्ना कार्यक्रमका प्रमुख अतिथि रहेेका गोसाईले ‘पुस्तकालय भनेको अध्याृरो ठाउँमा बत्ती हो । भजनको साथै पुस्तकालय पनि सँगै हुनु समाज विकासको एक चरण हो । नयाँ पुस्ताले पुस्तकालयमा अध्ययन गर्छ । परानो पुस्ताले भजन गाउनु राम्रो हो ‘, भन्नुभयो । उहाँले नेमकिपाका अग्रजहरुले जनताको राजनैतिक र चेतनास्तर विकास गर्न आज भन्दा ५०/६० बर्ष पहिले प्रत्येक टोलमा विद्यालय र पुस्तकालय स्थापना गरेको प्रसङ्ग उल्लेख गर्दै प्रत्येक पाटी पौवामा पत्रपत्रिका राखी वाचनालय सञ्चालन गरेका बताउनुभयो । ‘ नेमकिपाका अग्रजहरुले भक्तपुरको शिक्षास्तर मात्र विकास गर्न नभई नेमकिपाका दई /तीन पुस्ताका अग्रज र कार्यकर्ताहरु जहाँ जहाँ गए, त्यहाँ त्यहाँ विद्यालय र पुस्तकालय स्थापना गरे -चाहे दुर्गम होस् वा सुगम होस्’, उहाँको भनाइ थियो । उहाँले ‘भक्तपुरमा शिक्षामा क्रान्तिको शुरुवात भएको छ । भक्तपुरमा शिक्षामा क्रान्ति विना बन्दुकले भएको छ । ख्वप सर्कलमा देशैभरका विद्यार्थीहरु अध्ययनरत छन् । नेपाल मजदुर किसान पार्टीको नीति अनुसार १०/१२ बर्षदेखि उसले, ख्वप विश्वविद्यालय स्थापना गर्न अगुवाई गरिरहेको छ । विश्वविद्यालय भनेको संसारका कुनै पनि मान्छे अध्ययन गर्न, विचार विमर्श एवं अनुसन्धान गर्ने आउने थलो हो । ख्वप विश्वविद्याँलय स्थापना भए सबै विषयको अलावा भक्तपुरका बाजागाजा नाचगान , नेपाल भाषा, यहाँका मन्दिर र चैत्यबारे रिसर्च गरी संसारका विद्यार्थीहरुलाई बताउने’, भन्नुभयो ।
नाचगानको प्रशिक्षक र गुरुहरुलाई माष्टर डिग्रीको तहमा दर्ज गराउनुको साथै जीवन निर्वाह भत्ता पनि बन्दोवस्त गर्नुपर्नेमा जोड दिदै उहाँले एमाले र माओवादीहरुले ख्वप विश्वविद्यालय आउन नदिएको, उनीहरु बोलीमा ठीक भन्छन तर भित्रभित्र ख्वप विश्वविद्यालय रोक्न अनेक तानाबाना र षडयन्त्र गर्छन’, भन्नुभयो । नेमकिपाका कार्यकर्ताहरुले किसान, मजदुर र महिला दिदी बहिनीहरुलाई प्रौढ कक्षा सञ्चालन गरी जनताको राजनैतिकस्तर उकास्ने कार्य गरेकोले पञ्चायत ब्यवस्थाका मतियारहरुले तिरमिराएर भक्तपुर काण्डको षडयन्त्र रचेको हो भन्दै उहाँले ‘पञ्चायतकालमा नेमकिपाका कार्यकर्ताहरु चितवनको चेपाङ बस्तीमा गई संंगठन गरेर शोषक सामान्तको विरोधमा संघर्ष गरी उनीहरुका भकारी फोरी गरिबलाई धान बाडेको थियो भने दुर्गम कर्णालीमा गई मान्छे नगन्ने जुम्ला हुम्लामा मान्छे माझ संगठन विस्तार गरी राजनैतिक चेतनाको वीऊ छरेको कारण पञ्चायती ब्यवस्थाले नेमकिपालाई समूल नष्ट गर्न भक्तपुर काण्डको षडयन्त्र मच्चाएको हो’, भन्नुभयो । ‘साम्राज्यबादी अमेरिका युद्ध पिपाशु हो । संसारमा राक्षस वा दानव भन्नेकै अमेरिकी साम्राज्यबाद हो । अमेरिकाले विभिन्न देशमा गई धेरै मान्छेको हत्या गरेको छ’, उहाँको भनाइ थियो । उहाँले नेमकिपाले अहिले नयाँ पुस्तालाई भक्तपुर काण्डबारे जानकारी एवं सचेत गर्न नेमकिपाको संगठन भएको हरेक जिल्लामा भक्तपुर काण्ड भत्सर्ना कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो ।
कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै भक्तपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले कालीघाटमा भक्तपुर नगरपालिकाले शौचालय र भुमिगत ट्याङकी निर्माण गर्न बजेट बन्दोबस्त गरेको थियो’, भन्नुभयो । उहाँले कालीघाट पुस्तकालयमा पुस्तक खरीद गर्न भक्तपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ बताउदै “कालीघाट सत्तल र कालीघाट पुस्तकालय नजिकै देको मिबा इतापाखे आवास योजनाको खुल्ला क्षेत्र रहेकाले यस ठाउँको अझ महत्व हुन्छ’, भन्नुभयो । कामदार वर्गका जनताको हितमा कार्य गरेकोले पञ्चायती ब्यवस्थाका शासकहरुले षडयन्त्र गरी नेमकिपालाई समुल नष्ट गर्न खोज्यो भन्दै उहाँले २०४५ सालको भक्तपुर काण्डमा भक्तपुर ब्यासीका जनताले पनि दुःख पाएको र पक्राउ परेको बताउनुभयो । उहाँले ‘नेमकिपाले भक्तपुरमा किसान आन्दोलनको नेतृत्व गरेको र जनमत संग्रहमा नेमकिपाले बहुदल पक्षमा प्रचार गरि बहुदल पक्षले भक्तपुरमन जितेकोले पञ्चायत ब्यवस्थाका मतियारहरुले नेमकिपालाई नष्ट गर्ने सोचले भाद्र ९ गतेको कालो दिन भक्तपुर काण्ड रचेका हुन्’, भन्नुभयो ।

कार्यक्रममा कालीघाट संरक्षण समिति तथा कालीघाट पुस्तकालयका पदेन सदस्य एवं शिक्षासेवी बालमुकुन्द बासुकलाले ‘पुस्तकालय जीवनको महत्वपूर्ण बस्तु हो र पुस्तकालयले विश्वमा घटेको महत्वपूर्ण घटनाक्रमको जानकारी दिन्छ’, भन्नुभयो । स्थानीयलाई थप शिक्षाप्रद बनाउन कालीघाट पुस्तकालय खोल्ने योजनानुसार कार्य अघि बढेको हो भन्दै उहाँले भक्तपुरका जनतालाई दुःख दिने कुनियतले २०४५ सालमा पञ्चायती ब्यवस्थाले भक्तपुर काण्ड रचेको हो’, भन्नुभयो ।
कार्यक्रममा शिक्षाविद बिश्वमोहन जोशीले पृध्वीनारायण शाहले काठमाण्डौ आक्रमण गरेपछि पहिला पुस्तकालय ध्वस्त गरेको थियो भन्दै भक्तपुरमा मल्कालदेखि नै पुस्तकालयको शुरुवात भएको विचार व्यक्त गर्नुभयो। १९८६ देखि १९८८ सम्म राणाकालमा पुस्तकालय स्थापना गर्न खोज्दा संस्थापकहरुलाई त्यसबेलाको रु. एक सय जरिवाना तिराएको थियो तरपनि त्यसबेला पनि जनताले पुस्तकालय खोल्न साहस गरेका थिए भन्दै कालीघाट सत्तल निर्माणमा विभिन्न ब्यक्तित्वहरुको योगदान रहेको बताउनुभयो । उहाँले ‘सत्तल र पुस्तकालयको महत्वबारे स्थानीयसँय सहकार्य गर्दै अघि जानुपर्छ’, भन्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै कालीघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले पुस्तकालयको बर्तमान अवस्था र श्रोत साधन बारे जानकारी दिंदै पुस्तकालयको थप विकासमा सबैका साथ सहयोग निरन्तर प्राप्त हुने आशा एवं विश्वास व्यक्त गर्नुभयो । कालीघाट पुस्तकालयलाई इ–लाइबेरीको रुपमा विकास गर्ने सोच रहेको बताउदै उहाँले गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गराउन कालीघाट पुस्तकालयको नाममा अक्षय कोष स्थापना गर्ने कार्य जारी रहेको जानकारी दिनुभयो । उहाँले ‘नेपाल मजदुर किसान पार्टीको योजनानुसार जनतालाई बुद्धिजीविकरण गर्ने र तल्लो वर्गलाई कामदार वर्गको रुपमा रुपान्तरण गर्ने सोचबाट डराएर पञ्चायती ब्यवस्थाले असफल भक्तपुर काण्ड रची भक्तपुरका जनता र नेमकिपाका कार्यकर्तार्ला दुःख दिएको हो’, भन्नुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी गणेशप्रसाद सुवालले ‘समाज परिवर्तनको लागि पुस्तकालयमा गई अध्ययन गर्न आवश्यक छ । भक्तपुरमा शिक्षाको जागरण आएकोले राजनैतिक सचेतता आएको हो । भक्तपुर काण्डलाई चकनाचुर पार्ने पाल क्रान्तिकारी महिला संघका महिला दिदी बहिनीहरुको सक्रियता र योगदान रहेको छ’, भन्नुभयो ।
कालीघाट पुस्तकाल क्रियाकलाप र स्तरीकरणबारे स्थानीयलाई जानकारी दिन र २०४५ सालमा रचेको भक्तपुर काण्ड भत्सर्ना गर्न आयोजित कार्यक्रममा पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल,कोषाध्यक्ष पुण्यराम बासुकला र सदस्य रत्नलाल कैटीले पुस्तकालयको महत्व ,विकास र विस्तार बारे चर्चा गर्दै असफल २०४५ सालको भक्तपुर काण्डको भत्सर्ना गर्नु भएको थियो ।

कार्यक्रमको झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *