प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदमा थपिए ४ मन्त्री

गत भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदमा ४ जना मन्त्री थपिएका छन् । शुक्रबार पुन: पुनर्गठ भएको मन्त्रीपरिषदमा कुमार इङ्रनाम, राजेन्द्र सिंह भण्डारी, माधवप्रसाद चौलागाईँ र श्रद्धा श्रेष्ठ थपिएका छन् । ४ जना मन्त्रीथपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रीपरिषद १४ सदस्यीय भएको छ तर अझै परराष्ट्र, रक्षा र खानेपानी मन्त्रनलय प्रधानमन्त्री कार्कीसँगै छ ।

नवनियुक्त चारै जना मन्त्रीलाई शुक्रबार राष्ट्रपति कार्यालय महाराजगञ्जमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । त्यसपछि नवनपयुक्त मन्त्रीहरुले आ-आफ्नो मन्त्रालयमा पुगेर कार्यभार सम्हाले ।

नवनियुक्त मन्त्रीहरु कुमार इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्र सिंह भण्डारीले श्रम, र‍ोजगार तथा सामाजिक सुरक्षा , माधवप्रसाद चौलागाईँले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि कानून, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका थिए । ४ जना नयाँ मन्त्री थपिएसँगै मन्त्री सिन्हालाई कानून, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *