बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको नेपाल उद्योग परिसंघको भनाइ

नेपाल उद्योग परिसंघले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक रु.२,३०० बढाएको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्था निजी क्षेत्र नरहेको प्रतिक्रिया दिएको छ । सो परिसंघले आज प्रेस विज्ञप्ति जारी गरि आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ।

” अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् ।
अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्नेछ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ ।
विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघ अनुरोध गर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *