
राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष मिनराज कँडेलले ७४ लाख शेयर सदस्य र ५६ प्रतिशत महिलाहरु आवद्ध रहेको नेपालको सहकारी अभियानलाई सबै मिलेर अगाडि बढाउनु पर्ने खाँचो औंल्याउनुभयो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संंघ लि.को तेश्रो वार्षिक साधारण सभाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले सहकारी एकीकरण गरी सन् २०३० सम्ममा सहकारीको संख्या १० हजारमा झार्ने लक्ष्य रहेको बताउनुभयो ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले बागमती प्रोक्सूनले स्थापना भएको छोटो समयमा गरेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै सो संघको थप प्रगतिको कामना गर्नुभयो । सहकारी संघ/संस्थाको भूमिकाको बारेमा प्रकाश पार्दै उहाँले आउदो पुसमा हुनेे राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनका निर्वाचन सहितको साधारण सभाबाट नयाँ नेतृत्व चयन सकभर सर्वसहमतीको प्रयास गर्नु पर्ने र यदी सर्बसहमती हुन नसकेमा पनि मित्रवत प्रतिस्पर्धा हुनु पर्ने खाँचो औंल्यानुभयो ।
साधारण सभामा राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका सञ्चालक तथा नेफस्कूनका निबर्तमान अध्यक्ष डी.बी. बस्नेत , नेेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र नेफ्स्कूनकै बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गरी सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा लाग्नु पर्नेमा दिनुभयो ।

साधारण सभाको अध्यक्षता गर्दै बागमतती प्रदेश सहकारी संघ लि.का अध्यक्ष सापकोटाले सहकारीले सदस्यको जीवन र समाजको रुपान्तरण गर्न सक्यो भने मात्र सहकारी अभियानले सार्थकता प्राप्त गर्न सक्छ र सहकारी अभियानले सार्थकता प्राप्त गर्न सक्ता मात्र देश निर्माणमा सहकारी क्षेत्रले निर्णायक स्थान प्राप्त गर्न सक्छ भन्ने तथ्यमा आधारित रहेर सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न तल्लिन भएर बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. अगाडि बढिरहेको बताउनुभयो ।


साधारण सभामा त्यसै संघका महासचिव जिवसराज खड्काले त्यस संघको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित कार्ययोजना (नीति तथा कार्यक्रम), कोषाध्यक्ष केशव दंंगालले त्यस संंघको आयव्यय विवरण र लेखा सुपरीवेक्षण समिति संयोजक देवप्रसाद त्रिपाटीले त्यस संघको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० मा सो संघमा सदस्य संख्या ४५१ र कूल कारोबार रु.२,५१,२०,३७,१४२.८४ रहेको उल्लेख छ ।


बागमती प्रदेश सभन सदस्य समेत रहेका त्यसै संघका बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले धन्यबाद ज्ञापन गर्नु भएको उक्त साधारण सभामा उत्कृष्ठ सहकारी अभियान्ता सम्मान/पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा नेफ्स्कूनका निबर्तमान अध्यक्ष डी.बी. बस्नेत, उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ सम्मान/पुरस्कारबाट मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., उत्कृष्ट बचत तथा ऋण सहकारी संंस्था सम्मान/पुरस्कारबाट बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लि., काभ्रेपलाञ्चोक, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था (महिला) सम्मान/पुरस्कारबाट सज्जन महिला बचत तथा ऋण सहकारी संंस्था लि., काठमाडौं , उत्कृष्ट बचतकर्ता सम्मान/पुरस्कारबाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , उत्कृष्ट लगानीकर्ता सम्मान/पुरस्कारबाट जनमुखी बचत तथा ऋण सहकारी संस्था लि., दोलखा, उत्कृष्ट पदाधिकारी एवं सञ्चालक सम्मान/सम्मानबाट दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. एवं एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि., दोलखाका अध्यक्ष भूमिराज खड्का , उत्कृष्ट सेवा उपयोग सम्मान/पुरस्कारबाट मनकामना बचत तथा ऋण सहकारी संस्था लि., काभ्रेपलाञ्चोक, उत्कृष्ट प्रदेश व्यवस्थापक सम्मान/पुरस्कारबाट कल्याणकारी बचत तथा ऋण सहकारी संंस्था लि., लुभू, ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्री , सञ्चारकर्मी सम्मान/पुरस्कारबाट खिलानाथ दाहाल र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.की कर्मचारी सानुमैया दाहाल बञ्जारालाई सो संघको उत्कृष्ट कर्मचारी सम्मान/पुरस्कारबाट सम्मान गरिएको थियो ।
साधारण सभाका अध्यक्ष सापकोटाले प्रमुख अतिथि र विशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो




