रत्नाकर साकोसको २५औँ वार्षिक साधारण सभामा सहकारी अभियन्ता नानीकाजी शाक्य सम्मानित

ललितपुरको हखबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि.को २५औँ वार्षिक साधारण सभा तथा उक्त संस्थाको रजत वर्ष समापनको अवसरमा ललितपुर जिल्ला सम्मान -२०८० बाट नेफ्स्कूनका पूर्व सञ्चालक तथा ललितपुरको सहकारी अभियानम योगदान गरेका सहकारी अभियन्ता एवं ललितपुर बौदध विहार संघका अध्यक्ष नानीकावी शाक्य सम्मानित हुनुभएको छ । २०८० अस‍ोज ७ गते आइतबार ललितपुरमा सम्पन्न उक्त साधारण सभामा बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष तथा अन्तर सहकारी सुरक्षण क‍ोषका अध्यक्ष समेत रहेका स‍ोही संस्थाका अध्यक्ष करुणारत्न बज्राचार्यले रु.२५,००० नगद सहित ललितपुर सहकारी सम्मान-२०८० बाट सहकारी अभियन्ता शाक्यलाई सम्मान गर्नुभय‍ो । त्यसै अवसरमा उहाँहरुले सो संस्थाका स्थापनाकालीन अध्यक्ष तथा लेखा सुपरीवेक्षण समितिका पूर्व संय‍ोजक बाबुरत्न बज्रचार्य, निबर्तमान अध्यक्ष आजु सिद्धिरत्न बज्राचार्य , स्थापनाकालीन उपाध्यक्ष आनन्दरत्न बज्राचार्य र स्थापनाकालीन कोषाध्यक्ष तथा पूर्व उपाध्यक्ष सुमन बज्राचार्यलाई कदर-पत्र प्रदान गरी सम्मान गर्नुभय‍ो ।

त्यस अवसरमा मन्त्री महर्जनले सहकारीको विकास , प्रवर्द्धन र शुद्धिकरणका लागि सहकारी ऐन संशोधन भएर आउन लागेको बताउनुभयो । उहाँले समुदायमा आधारित भएर सञ्चालन भइरहेको रत्नाकर साकोसको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाका अध्यक्ष बज्राचार्यले समुदायमा आधारित रहेर सहकारी सिद्धान्त , नीति, विधि र प्रविधि आत्मसाथ गरी सञ्चालन भइरहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै संस्थाका शेयर सदस्य र कर्मचारी तथा शुभचिन्तकहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले हाम्रो समाजमा सामुहिक आर्थिक कारोबार गर्ने चलन नभएको अवस्थामा आवश्यक परेको बेला ऋण लिने गरी २०५५ असोज ७ गते हामी ३५ जना शेयर सदस्यहरुको रु.७९,००० शेयर पूँजीबाट डिभिजन सहकारी कार्यालयमा विधिवत दर्ता भई स्थापना भएको हाम्रो यस संस्थामा आर्थिक वर्ष २०८० असार मसान्तसम्म महिला ३०० र पुरुष १८२ जना गरी जम्मा शेयर सदस्य संख्या ४८२ , शेयर पूँजी संकलन रु.१,३९,२२,५००, बचत संकलन रु.२०,००,६४,६८४/८३, कुल ऋण लगानी रु.१५,१९,९४,५६० रहेको बताउनुभयो । साधारण सभामा स‍ोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक सुमेर बज्राचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन गर्नुभय‍ो ।

शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट संस्थाका ती प्रतिवेदनहरु पारित गरियो । साधारण सभाले पारित गरेका प्रतिवेदनमा यो संस्थाले आर्थिक वर्ष २०७९/०८० मा भएको कारोबारबाट आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई ९.९२ प्रतिशत शेयर लााभांं वितरण गर्ने उल्लेख छ ।

यो संस्थाको रजत वर्षको अवसरमा चम्पादेवी हाइकिङ र सरसफाई कार्यक्रम (२०८० बैशाख २ गते) , रक्तदान कार्यक्रम(२०८० भाद्र २३ गते, जहाँ ३१ जनाले रक्तदान गरेका थिए) , सहकारी जागरणमूलक साइकल -याली, ललितपुर नगरमा प्रत्येक वर्ष भाद्र द्वितीयाका दिन करिव ५३ किलोमीटर दुरी लगभग ७,००० पाइला हिडेर मनाइने सांस्कृतिक पर्व मतया पर्व- २०८० मा गणेशमान मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टरको प्राविधिक सहयोगमा भक्तजनहरुको सुस्वास्थ्य र सफल पदयात्राको कामना गरी हखबहाल, इबहीथुर त्यताथुरमा सहयोग शिविर सञ्चलन गरेको , रत्नाकर साकोस रजत वर्ष- २०८० स्मारिका प्रकाशन गरेको लगायतका रचानात्मक सामजिक क्रियाकलापहरु सञ्चालन भएका थिए । यसैक्रममा २०७९ पुस ३० गते ललितपुरको हखबहालबाट भक्तपुरको नगदेशसम्म सो संस्थाले बृहत् साइकल -याली गरी नेफ्स्कूनका पूूर्व अध्यक्ष तथा वरिष्ठ सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्ग र उहाँकी श्रीमती रञ्जनादेवी प्रधानाङ्गलाई रजत वर्ष सम्मान -२०८० बाट सम्मान गरेको थिय‍ो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *