अन्तत: सुदन गुरुङले दिए गृह मन्त्री पदबाट राजीनामा

सम्पत्ति शुद्धिकरण लगायतका विषयमा प्रहरी नियन्त्रणमा रहेर अनुसन्धानरत व्यापारी दीपक भट्टसँग सम्बन्ध जोडिएको खवर शार्वजनिक भएसँगै चौतर्फी आलोचनाको सिकार भएका गृह मन्त्री सुदन गुरुङले अन्तत: आज मन्त्री पदबाट राजीनामा दिएका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेको महिना दिन पनि नपुग्दै प्रधानमन्त्री साहको मन्त्री परिषदबाट बाहिने सुदन गुरुङ दोश्रो मन्त्री बनेका छन् । उनले गत बैशाख १३ गते गृह मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए ।

गृह मन्त्री पदबाट राजीनमा दिएका सुदन गुरुङले भने आफूमाथि लागेको आरोपमाथि हुने छानविनमा सघाउन आफूले गृह मन्त्री राजीनामा दिएको बताएका छन् । ‘आफूमाथि लागेको आरोपको निय्पक्ष छानविन होस्’, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *