नेकपा (माके)की यसोदा न्यौपाने कर्णाली प्रदेश सभाको उप-सभामुख निर्वाचित

कर्णाली प्रदेश सभाको उप-सभामुख पदमा नेकपा (माके)की यशोदा न्यौपाने नेपाली कांग्रेसकी इन्द्रकुमारी शाहीलाई पछि पारी विजयी हुनुभयो । ४० सदस्यीय प्रदेश सभाको आजकै बैठकमा भएको मतदानमा सहभागी भएका ३८ जना प्रदेश सभा सदस्यमध्ये नेकपा (माके)की न्यौपानेलाई २४ जनाले मतदान गरेका थिए भने नेपाली कांग्रेसकी शाहीलाई १४ जनाले मतदान गरेका थिए ।

यस अघि सो प्रदेश सभाको सभामुखमा नेकपा (एमाले) नन्दा गुरुङ निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *