नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आज प्रतिनिधि सभामा दोश्रो पटक विश्वासको मत प्राप्त गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा उपस्थित २६२ सांसद मध्ये प्रचण्ड नेतृत्वको सरकारको पक्षमा १७२ सांसदको समर्थन रह्यो भने विपक्षमा ८९ सांसद रहे । १ जना सांसद तटस्थ रहे ।
गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधि सभामा पुस २६ गते पहिलो पटक विश्वासको लिएको थियो । त्यसबेला यो सरकारलाई आज विपक्षमा मतदान गरेका नेकपा (एमाले) र राप्रपाका सांसद सहित प्रतिनिधि सभाका २६८ जना सांसदको समर्थन गरेका थिए ।





