मधेशमा ३ कम्युनिष्ट पार्टी बीच संयुक्त क्रान्तिकारी कम्युनिष्ट मोर्चा बनाउने सहमती

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी बीच मधेशका समग्र समस्या समाधानका लागि संघर्ष गर्न संयुक्त क्रान्तिकारी कम्युनिष्ट मोर्चा बनाउने सहमती भएको नेेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा मधेश प्रदेश समितिका अध्यक्ष विपत्ति मण्डलले अलगपथलाई बताउनुभयो । आज जनकपुरधाममा बसेको ती ३ कम्युनिष्ट पार्टीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । सो बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा मधेश प्रदेश समितिका इञ्चार्ज सत्यनारायण मुखिया र सोही पार्टीका सचिवालय सदस्य तथा मधेश प्रदेश समितिका अध्यक्ष विपत्ति मण्डल ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य महेश यादव र मधेश प्रदेश समिति सदस्य तेजनारायण यादव र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय जीवन प्रतीक र हिरादेवी दास लगायत सहभागी रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका मधेश प्रदेश समिति सदस्य तेजनारायण यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *