राजश्व अनुसन्धान विभागले समातेको सुनको पगालेपछिको तौल ६०.७१६ किलोग्राम

यही साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सिनामंगलबाट समातेको अबैध सुन नेपाल राष्ट्र बैकको टक्सार महाशाखामा मंगलबार पगालेर जोख्दा त्यसको तौल ६० किल‍ोग्राम ७१६ ग्राम भएको र त्यसबाट ७३ ग्राम जर्दी गएको जनाइएको छ । सो सुनलाई ३४ वटा विस्कुटमा राखिएको बताइएको छ । अब बढीमा १ साताभित्र त्यो सुनको गुणस्तर परीक्षण गरिने नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा अधिकारीको भनाइ छ ।

सो सुन भन्सार पास भएर सिनामंगल पुगेको थियो । शुरुमा जोख्दा १५५ किलोग्राम भएको बताइएपनि गत सोमबार कार्टुन र ब्रेकशुबाट बाहिर निकालेर उक्त सुन जोख्दा त्यसको तौल ६० किलोग्राम ७८९ ग्राम मात्र भएको बताइएको थियो । उक्त सुनको तौल यति धेरै कम देखिएपछि कतिपयले यसमा अनियमितताको आसंका गरेको देखिएको छ ।

सो सुन तस्करी प्रकरणको अनुसन्धान शुरुमा राजश्व अनुसन्धान विभागले गरेको थियो तर तस्करीको जालो देश बाहिर फैलिएको देखिएको भन्दै राजश्व अनुसन्धान विभागले यसको अनुुुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागलाई जिम्मा लगाएसँगै सीआईबीले यसको अनुुुसन्धान गरिरहेको बताएको छ ।

यता उक्त सुुन समातेसँगै त्यसको छानविनको लागि उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै नेेेकपा (एमाले)ले संघीय संसद अवरोध गर्दै आएको छ तर सरकार र सत्तागठबन्धनमा रहेका दलहरु भने सरकारी निकायले नै यो प्रकरणको छानविन गर्नु पर्ने बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *