लुुम्बिनी बौद्ध विश्वविद्यालयले हुँदै नभएको नेपाल बचत तथा ऋण सहकारी महासंघका सञ्चालक सन्दीप सापकोटाको नाममा पत्र पठाएको देखिएको छ । नेपालमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपाल बाहेक सहकारीका नाममा अरु कुनै महासंघ छैन भने सहकारी अभियानमा क्रियाशील सन्दीप सापकोटा लुम्बिनी प्रदेशको तर्फबाट प्रतिनिधितब गरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को सञ्चालक समिति सदस्य हुनुहुुन्छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको यो कार्यलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हुँदै नभएको महासंघको नाममा पत्र पठाउनुले यो विश्वविद्यालयको विश्वसनीयतामा प्रश्न चिन्ह खडा भएको सरोकारवालाहरु बताउछन् ।





