वचन साकोसको फेलोसीपबाट अधुत्तम देगमराज शाक्य सम्मानित

काठमाडौंको डिललीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.द्वारा विद्यावारिधि, एमफील लगायतमा अनुसन्धान गर्ने विद्यार्थीहरुका लागि निर्माण गरिएको फेलोसीप प्रोग्रामको कार्यान्वयन शुरु भएको छ । यसैक्रममा गत हप्ता सोही संस्थाद्वारा आयोजित विशेष कार्यक्रममा नेपाल खुला विश्वविद्यालयको व्यवस्थापनमा कानुन संकायका विद्यार्थी अधुत्तम देगमराज शाक्यलाई “इण्डिभिजुएल्स डिसिजन मेकिङ फोर इनरोलमेण्ट इन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ्स विथ रिफ्रेन्स टु काभ्रे डिष्ट्रिक्ट (Individuals’ Decision Making for Enrollment in Saving and Credit Co-operatives with Reference to Kavre District)” शीर्षकको माष्टर प्रोजेक्टको लागि फेलोसीप प्रदान गरिएको छ।

सो फेल‍सीप (पुरस्कार)को वितरण वचन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मुकुन्दराज खनालले गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष खनालले ‘वचन साकोसद्वारा फिलोसीपबाट सम्मानित विद्यार्थौ अधुत्तम देगमराज शाक्यले सहकारी क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदानको मूल्याङ्कन भएको छ’, भन्नुभयो । वचन साकोसको खुला विश्वविदयालयसँगको यस सहकार्यले विद्यार्थी, शोधकर्ता र शिक्षकहरूलाई महत्त्वपूर्ण फाइदा पु-याउने आशा गरिएको छ भन्दै उहाँले यसले नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई सहकारीको कार्य प्रणालीमा व्यवहारिक अनुभव प्राप्त गर्ने र प्रभावकारी अनुसन्धानमा सम्लग्न हुने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

‘शाक्यलाई झैं अरु थप २ जना विद्यार्थीले पनि नेपाल खुला विश्वविद्यालयमा अनुसन्धान कार्य अन्तिम चरणमा पु-याएको जानकारी प्राप्त भएको छ , उनीहरुलाई पनि उक्त अनुसन्धानको रिपोर्ट बुझाएपछि वचन बचत तथा ऋण सहकारी संस्था लि. र नेपाल खुल्ला विश्वविद्यालय बीच भएको सम्झौता अनुसार फेलोसीप प्रदान गरिने छ’, सहकारी विज्ञ तथा वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यातको भनाई छ ।

नेपाल खुला विश्वविद्यालयले सिफारिस गरेका योग्य विद्यार्थीहरूलाई वार्षिक फेलोसीप कोष प्रदान गरिनेछ। फेलोसीप विद्यावारिधि (PHD) , एमफिल, माष्टर र, पोष्ट ग्र्याजुएट डिप्लोमा र स्नातक स्तरका विद्यार्थीहरूका लागि उपलब्ध हुनेछन् । वचन बचत तथा ऋण सहकारी संसथा लि.मा अनुसन्धान गर्ने विद्यार्थीहरूका लागि अतिरिक्त कोष उपलब्ध गरिने छ भने यो सहकार्य नेपालका सहकारी क्षेत्रमा ज्ञान र अनुसन्धानको अवसरलाई प्रवर्द्धन गर्नको लागि एक महत्वपूर्ण कदम सावत हुनेछ, जसले अन्ततः राष्ट्रको शैक्षिक र आर्थिक वृद्धिमा योगदान पु-याउने अपेक्षा गरिएको डा. बस्न्यात बताउनुहुन्छ ।

यस अघि वचन बचत तथा ऋण सहकारी संस्था लि. र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभाग वीच मनोविज्ञानका विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता र व्यवहारिक अनुभवलाई प्रवर्द्धन गर्न उद्देश्यले फेलोसीप कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको थियो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभागका पूर्व प्रमुख प्रा.डा. मुरारीप्रसाद रेग्मी र वचन बचत तथा ऋण सहकारी लि.का अध्यक्ष मुकुन्दराज खनालको उपस्थितिमा उक्त सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभागका प्रमुख प्रा.डा. नन्दिता शर्मा र सहकारी विज्ञ समेत रहृका वचन बचत तथा ऋण सहकारी संस्था लि का प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यातले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागले सिफारिस गरेका मनोविज्ञानका योग्य विद्यार्थीहरुको अनुसन्धानका वचन बचत तथा ऋण सहकारी संस्था लि.बाट आर्थिक समर्थन र अनुभव सहितको फेलोसीप प्रदान गरिने छ । त्यसका लागि सम्बन्धित विद्यार्थीले आफ्नो अनुसन्धानको रिपोर्ट वचन बचत तथा ऋण सहकारी संस्था लि.मा प्रस्तुत गर्नु पर्नेछ बताइएको छ । यसबाट त्रिभुवन विश्वविद्यालयका मनोविज्ञानका विद्यार्थीहरु लाभान्वित हुने जानकारहरु बताउछन् ।

विद्यार्थीहरुका लागि पैसा बचत गर्न सिकाइने

वचन बचत तथा ऋण सहकारी संस्था लि.ले चाडै नै विद्यार्थीलाई अभिभावकले खाजा खान दिएको पैसा बचत गर्न सिकाउने उद्देश्यले व्यवहारिक तालिम सञ्चालन गर्ने जनाइएको छ ।

सो संस्थाका सबै सूचकाङ्क राम्रो रहेको र आर्थिक वर्ष २०८१/०८२ मा थप ६ करोड रुपैया बचत थपिनुका साथै संस्थामा तरलता र खराब ऋणको समस्या नरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *