वैदेशिक रोजगार बोर्डले आप्रवासी कामदार दिवसमा राष्ट्रव्यापी विद्यालयस्तरीय निबन्ध प्रतिय‍ोगिता गर्ने

वैदेशिक र‍ोजगार बोर्ड सचिवालयले बिगतका वर्षहरुमा झैं यस वर्षको डिसेम्बर १८ मा आप्रबासी कामदार दिवसको उपलक्ष्यमा कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई सहभागी गराई विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतिय‍ोगिता गर्दैछ । यो प्रतियोगितामा प्राप्त भएका निबन्धहरु मध्ये प्रथम, द्वितीय र तृतीय हुनेले प्रमाणपत्र सहित क्रमशः रु.५०,०००, रु.३०,००० र रु.२०,००० नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगितामा सहभागी हसने निबन्ध यही मंसिर २५ गतेसम्ममा प्राप्त भइसक्नु पर्ने उक्त बोर्डको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *