नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रिक्त रहेको अध्यक्ष पदमा डिल्लीराज खनाल प्युठान तथा सदस्यमा रोशनबहादुर शाक्य ललितपुर र नवराज सिंखडा धादिङलाई नियुक्त गरेको छ । आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको बताइएको छ । केही समय अघिदखि ती पद रिक्त थिए ।
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन
आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको जनाइएको छ । सो समितिको सदसयमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल काठमाडौ रहेको बताइएको छ । गत साता धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएकाले सो पद रिक्त रहेको हो ।





