पोखरा जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुग्यो , ११ जनाको सनाखत , लोक गायिका छन्त्यालको पनि मृत्यु

आज विहान पोखरामा भ एको यति एयरलाइन्स जहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६८ पुगेको र मृतकहरुमध्ये ११ जनाको शव सनाखत भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । सो प्राधिकरणले केही बेर अगाडि प्रेस विज्ञप्ति जारी उक्त कुरा बताएको हो ।

यता सोही दुर्घटनामा लोक गायिका निरा छन्त्यालको पनि मृत्यु भ एको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।

उता यति एयरलाइन्स आजै दिउसो दुर्घटना भएको उक्त जहाजमा सवार यात्रीहरुको विवरण सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *