सञ्चार क्षेत्रको बारेमा सभामुख घिमिरेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ती

नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेबाट नेपाली सञ्चार क्षेत्रको बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा च‍ोट पुगेको ठहर गर्दै सभामुख घिमिरेलाई आफ्नो उक्त अभिव्यक्ति पुष्टि गर्न चुनौति दिएको छ । सोही महासंघका महासथिव रोशन पुरीले हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्तिमा महासंघ जननिर्वाचित संसद र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहान्छ उल्लेख छ ।

संघीय संसदले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनको विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रम सहित गत शुक्रबार सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्ड बीचको भेटघाटको क्रममा सभामुख घिमिरेले ‘नेपालका पत्रकारहरु बिकाऊ छन्’, भन्नुभएको थियो । सभामुख घिमरेको सो अभिव्यक्तिको नेपाली सञ्चार क्षेत्रमा आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *