सरु संगीत घरको द‍‍‍ोश्रो वार्षिक‍ोत्सव बन्यो संंगीतमय

नव प्रतिभाहरुलाई गायन, बाद्यवादन र नृत्य सम्बन्धी शिक्षण गर्दै आएको सरु संगीत घरको दोस्रो वार्षिकोत्सव गीत संगीतमय बनेको सहभागीहरुले बताएका छन् ।

सो वार्षिकोत्सवको अवसरमा ललितपुरक‍‍‍ो टीकाथलीमा यही स‍ोमबार सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । सरु संगीत घरका सञ्चालक तथा संगीतकार एवं गायक डेनी निरौलाको अध्यक्षता तथा लोकप्रिय अग्रज गायिका ल‍ोचन भट्टराईको प्रमुख आतिथ्यता र महालक्ष्मी नगरपालिका वडा नं.५ का वडाध्यक्ष कपिल के.सी.क‍ो विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कवि तथा शिक्षासेवी एवं सूर्योदय प्रतिष्ठान , फिक्कल, इलामका संस्थापक अध्यक्ष विष्णुकुमार शर्मा निरौला , नेपाल सरकार, गृह मन्त्रालयका उप-सचिव तथा ताप्लेजुङका पूर्व प्रमुख जिल्ला अधिकारी ड‍ोरेन्द्र निरौला , समाजसेवी सूर्य बस्नेत , पत्रकार वासुदेव पौडेल र शिक्षासेवी माधव ओझाको आतिथ्यता रहोको थियो । सो सांगीतिक कार्यक्रमा स्थापित र सरु संगीत घरका प्रशिक्षार्थी कलाकारहरुले दर्शक माझ नृत्य सहित २ दर्जन भन्दा बढौ सांगीतिक प्रस्तुती पस्किएका थिए ।

सो अवसरमा प्रमुख अतिथि भट्टराईले

संगीतकार तथा गायक डेनी निरौलाकी दिवंगत आमाको नामबाट सरु संगीत घर स्थापना भएको थाहा पाउदा आफूलाई खुशी लागेको बताउदैै यस्तो कार्यले सधै आमाको नाम लिन पाउने विचार व्यक्त गर्नुभयो । उहाँले आफू पनि गीत संगीतको विद्यार्थी भएको र गीत संगीत सिक्न उमेरले छेक्तैन भन्दै सरु संगीत घरका विद्यार्थीहरुलाई उत्साह प्रदान गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्ना चर्चित दुई गीत ‘टाढा टाढा नभई जाऊ तिमी’ र ‘ऊ त गयो माया मारेर’ गाउनुभयो ।

यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विशेष अतिथि के.सी.ले

सरु संगीत घरले गीत संगीतको प्रवर्द्धनमा गरेको योगदानप्रति प्रशन्नता व्यक्त गर्दै गीत संगीत जनमानसमा सुसुषित गराउने महत्वपूर्ण माध्यम भएक‍ले जनप्रतिनिधिको हैसियतले यसको विकास र प्रवर्दनमा आफूले सक्दो सहय‍ोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सरु संगीत घरका विद्यार्थी धुर्व थापाले गर्नु भएको थियो । त्पस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष डेनी निरौलाले सरु संगीत घरको अवस्था र गतिविधिको बारेमा प्रकाश पार्नुभय‍ो । त्यस कार्यक्रममा उहाँले दुई वटा गीत गाउनुभयो ।

उक्त कार्यक्रममा सरु संगीत घरका विद्यार्थीहरुलाई प्रमाण-पत्र प्रदान गरियो । त्यसै अवसरमा कार्यक्रमका अध्यक्ष निरौलाले प्रमुख अतिथि भट्टराईलाई मायाको चिन‍ो प्रदान गर्नुभयो ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ , टीकाथलीमा आफ्नी दिवंगत आमा सरस्वती घिमिरेको नाममा संगीतकार तथा गायक डेनी निरौलाले दुई वर्ष अगाडिबाट स्थापना गर्नुभएको सरु संगीत घरको महालक्ष्मी नगरपालिकाका तत्कालीन मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *