सहकारीका ७३ लाख सदस्यको बचत डुबेमा संघीयता धरापमा पर्न सक्छ : चिरीबाबु

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘सहकारीका ७३ लाख सदस्यको बचत डुब्ने अवस्था बन्यो भने संघीयता धरापमा पर्न सक्छ,’ भन्नुभएक‍ो छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार ललितपुरमा ६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति, ललितपुरक‍ो आय‍ोजनामा सम्पन्न “नेपालको बर्तमान अर्थतन्त्र र सहकारी क्षेत्रमा प्रभाव” विषयक जिल्ला स्तरीय ग‍ोष्ठीमा मन्तव्य व्यक्त गर्दै उहाँले ललितपुर महानगरपालिकामा स्थानीयबासीहरुले सञ्चालन गरेका सहकारी संस्थाहरु समस्यामा रहेको आफूलाई जानकारी नभएक‍ो बताउदै दुर्घटनामा परी सकेको गुण कोअपरेटिभका सदस्यहरुलाई राम्रोसँग सम्झाईबुझाई गरेकै कारण सदस्यहरुको साथ र सहय‍‍ोग पाएकाले सो संस्था दुर्घटनामा पर्नबाट जोगिएको प्रसङ्ग उल्लेख गर्दै सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी संस्थाका सदस्यहरु बीचमा राम्रोसँग सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने खाँचो औंल्याउनुभयो । ८ वर्ष अगाडि डुबेको ओरेण्टल कोअपरेटिभबाट पाठ सिक्न नसक्ता सहकारीमा समस्या देखिएपनि सहकारीको विकास र प्रवर्द्नधमा आफूहरुको सधै साथ र सहय‍ग रहने उहाँको भनाई छ । अर्को प्रसङ्गमा उहाँले सडक , बाटो आदि भौतिक संरचना राम्र‍ोसँग निर्माण हुन नसक्नुमा सार्वजनिक खरीद ऐन,२०६४ बाधक भएक‍‍‍ोले यसको संश‍ोधन हुनु पर्ने खाँच‍ो औंल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *