
प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमवीवीएस अध्ययन गरेको अभियोगमा हिजो काठमाडौंको गोल्फुटारस्थित आफ्नै निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुुुसन्धान व्युरोको टोलीबाट पक्राउ परेका मोरङ क्षेत्र नं.३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न काठमनडौं जिल्ला अदालतले आदेश दिएको जनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायधीश डण्डपाणी शर्माको इजालासले सांसद शर्मालाई थुना बाहिर रााखेर अनुसन्धान गर्न आदेश दिएपनि नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका ५ जना चिकित्सकलाई भने थुनामा राखेर थप अनुसन्धान गर्न आदेश दिएको बताइएको छ ।
सीआईबीको टोलीले पक्राउ गरेका सांसद शर्मा सहित अन्य ५ जना चिकित्सकलाई जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंमार्फत आज काठमाडौं जिल्ला अदालतमा थुनामा राखेर थप अनुसन्धानका गर्न म्याद थपको अनुमतीका लागि पेश गरेेको थियो ।
नक्कली शैैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा सीआईबीको टोलीले डा. अमित चौधरी, डा. एलिना साह , डा.मनित चौधरी , डा.रञ्जित यादव , डा.रामबाबु यादव ,डा. श्रद्धा सिल्पकार र डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुमध्ये आज काठमाडौं जिल्ला अदालतमा म्याद थपको अनुमतीका लागि लान बाँँकी २ जना चिकित्सकलाई थुनामा राखेर थप अनुसन्धानका लागि म्याद थपको अनुमतीका लागि आइतबार काठमाडौै जिल्ला अदालत लााने बताइएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशपछि सीआईबीको हिरासतमा एक रात बिताएका सांसद शर्मा रिहा भएको बताइएको छ ।
सांसद शर्मालाई पक्राउ गरेको विरोधमा आज संघीय संंसदका दुबै सदनको बैठकमा सांसदहरुले विरोध गरेका थिए ।
सांसद सुनिल शर्माको परिवारको सम्पति छानविन गर्न माग
छोटो समयमा अकुत सम्पति आर्जन गरेको भन्दै सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मा र उहाँको परिवारको सम्पति छानविन गर्नु पर्ने आवाज सघन ढंगबाट उठिरहेको छ ।




