सीआईबीले सरकारी वकीललाई बुझायो ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन

नेपाल प्रहरीको केन्द्रीय अनुुुसन्धान व्युरो (CIB) ले ललिता निवास जग्गा अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन आज काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयमा बुुझाएको प्रहरी उपरीक्षक दिनेश आचार्यको भनाइ छ । अनुसन्धान शुुरु गरेको ५७औँ दिनमा सीआईबीले सरकारी वकीललाई बुुझाएको सो प्रतिवेदनमा १४३ र‍ोपनी सरकारी जग्गा किर्ने गरि हिनामना गरेको अभियोगमा ३०० जनामाथि मुद्धा चलाउन सिफारिस गरेको बताइएको छ ।

सो प्रकरणको अनुसन्धानको क्रममा सीआईबीले १८ जनालाई नियन्त्रणमा लिएको थियो भने पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई , पूर्व उप-प्रधानमन्त्री विजयकुुमार गच्छदार , पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्व राज्यमन्त्री सञ्जय साह , पूर्व् मुख्यसचिव लीलामणि पौडेल लगायतका विभिन्न व्यक्तिसँग बयान लिएको जनाएको छ तर सीपी मैनाली नेतृत्वको नेकपा (माले)का नेता समेत रहेका पूर्व भूमिसुधार मन्त्री डम्मर श्रेष्ठ र पूूर्व सह-सचिव नाारायणग‍ोपाल मलेगु भने फरार रहेकोले उनीहरुको बयान नलिएको सीआईबी श्रोतले जनाएको छ ।

यता सीआईबीले तयार गरि बुझाएको उक्त प्रतिवेदनको अध्ययन गर्ने काठमाडौं जिल्ला सरकारी वकील कार्यालयले जनाएको छ । सीआईबीले बुुझाएको सो प्रतिवेदनमा औंल्याइएका द‍ोषी उपर आउदो शुुक्रबारसम्ममा जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *