स्वास्थ्य बीमाबाट प्रवाह हुँदै आएको स्वास्थ्य उपचार सुविधा बन्द हुने अवस्थामा पुगेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यश वर्षका लागि नेपाल सरकारले छुट्याएको स्वास्थ्य बीमाबाट उपचार सुबिधाका लागि छुट्याएको ७ अरव रुपैया खर्च भइसकेको र अर्थ मन्त्रालयले रकम नभएकोले यो सुबिधा कटौती गर्न पत्रचार गरेकाले स्वास्थ्य बीमाबाट उपचार सेवा यो वर्ष सञ्चालन गर्न नसकिने अवस्था आएको एक कार्यक्रममा बताउनुभएको छ । ‘अस्पतालहरुले डाइरेक्ट पैसा पैसा तिर्दा ५० रुपैया लिनेमा स्वास्थ्य बीमाबाट ८० रुपैयासम्म लिने गरेको पाइयो , मानिसहरुले पनि सरकारी पैसा त हो नि भनेर स्वास्थ्य बीमाको सुबिधाको रकम जथाभावी खर्च गरिदिए । पैसा पाउने अवस्था नदेखेर कतिपय सरकारी अस्पतालका फार्मेशीले स्वास्थ्य बीमा सुबिधाबाट औषधि विक्री बन्द गरे’, उहाँले भन्नुभएको छ । स्वास्थ्य बीमाबाट उपचार सुबिधाको रकम १ लाख रुपैयाबाट बढाएर ५ लाख रुपैया पु-याउने भनेको सुन्दा प्रशन्न बनेका आर्थिक विपन्न नागरिकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको यो भनाईले चिन्तित देखिएका छन् । यो सुबिधा बन्द भएमा धेरै मानिसहरु मारमा पर्ने भएकोले यसलाई बन्द नगरी यसमा देखिएका कमिकमजोरी र समस्या निवारण गर्नु उचित हुने सरोकारवालाहरु बताउछन् ।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यमा उपचारमा प्रवाह गरिरहेको स्वास्थ्य बीमा सुबिधा कटौती गर्ने सूचना जारी गरेको छ ।







