११५औंअन्तर्राष्ट्रिय नारी दिवसमा उपासना महिला सहकारीको आयोजनामा लेनदेन तथा बैंकिङ कसुर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंको सीतापाइलामा केन्द्रीय कार्यालय र रानीवनमा बचत संकलन काउण्टर सञ्चालनमा रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा लेनदेन तथा बैंकिङ कसुर सम्बन्धी सचेतना कार्यक्रम २०८१ फाल्गुण २३ गते शुक्रबार सम्पन्न भयो । सोही संस्थाको कार्यालय भवनमा सम्पन्न उक्त कार्यक्रमको सहकारी अभियन्ता तथा नेफ्स्कूनकी पूर्व उपाध्यक्ष पार्वती चाम्लिङ राईले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । उक्त अवसरमा

उहाँले ‘महिलाले महिलाकै विरोधमा कार्य गरेको देख्ता दु:ख लाग्ने गरेको बताउदै महिला दिदीबहिनीहरु आफ्नो परिचय सहित शीर उठाएर जीउनुपर्छ’, भन्नुभयो । सहकारी पीडितहरु आफ्नो बचत फिर्ताको लागि माइतीघर मण्डलामा धर्ना बस्न छाडेर आफ्नो संस्था खोलेर भित्र पसी सञ्चालकलाई थुनेर दवाव सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो । आफूले सहकारी क्षेत्रमा लागेर सामाजिक विकृति हटाउन गर्न सकेको कार्यको चर्चा गर्दै उहाँलृे सहकारीकर्मीहरुले नेफ्स्कून जस्ता छाता संघमा जान भन्दा आफ्नो प्रारम्भिक संस्था राम्रो बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले लगानीको वातावरण नहुदा धादिङमा आफू आवद्ध साहारा महिला साकोसमा तरलता आवश्यकता भन्दा बढी भएको जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएकी जिल्ला सहकारी संघ लि.,काठमाडौंकी बरिष्ठ उपाध्यक्ष तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष

अमरावती बलामी महर्जनले ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिला दिदीबहिनीहरुले आफू आवद्ध रहेको महिला समूह या सहकारी संस्था राज्यको आधिकारिक निकायमा दर्ता छ कि छैन, त्यसले के काम कसरी गरिरहेको छ जस्ता कुरा राम्रोसँग बुझेेर मात्र त्यहाँ लेनदेन कारोबार गर्दा ठगिने अवस्था नआउने बताउनुभयो । महिला दिदीबहिनीहरुमा वित्तीय सचेतनाका लागि यो कार्यक्रम आयोजना गरेको बताउदै उहाँले ‘हामीले आफू भित्रको इच्छाशक्तिलाई राजनीतिक, आर्थिक , सामाजिक र पारिवारपक रुपमा शशक्तिकरण गर्न सक्यौं भने मात्र क्षमताको उजागर भएर राम्रोसँग काम गर्न सक्छौं’ भन्नुभयो ।

त्यसै संस्थाकी लेखा सुपरीवेक्षण समिति संयोजक शोभा लामा थापा मगरले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा मेगा कलेजमा प्राध्यापन समेत गरिरहनुभएकी सहकारी अभियन्ता नानीछोरी महर्जन र अधिवक्ता राधेश्याम मण्डलले सहजीकरण गर्दै रु.५० हजारदेखि माथिको पैसाको लेनदेन वडा कार्यालयमा दर्ता गरेर मात्र गर्नु पर्ने बताउनुभयो ।

बिघटित संविधान सभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ, नागार्जुन नगरपालिका वडा नं.४ र ५ का जनप्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.१५ की जनप्रतिनिधि मैयाँ महर्जनले मन्तव्य व्यक्त गर्दै महिलाहरु जागृत हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा उक्त संस्थाकी सचिव मैयाँ चापागाईं र शिक्षा उप-समिति सदस्य एलिना उप्रेतीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सो संस्थाको सल्लाहकार समितिमा मनोनित हुनुभएका राज्यलक्ष्मी श्रेष्ठ, रामबाबु सेढाई, शंखवीर पुतुवार, कल्याणी खड्का, सरिता थापा खड्का र उर्वशी रेग्मी पाण्डेलाई मनोनयन प्रमाणपत्र प्रदान गरि खादा लगाएर सम्मान गरियो । यसैगरी मनोनित हुनुभएका सो संस्थाको शिक्षा तथा तालिम उप-समिति संय‍ोजक अम्बिका कँडेल तथा सदस्य एलिना उप्रेती र विमला अधिकारी , ऋण उप-समिति संय‍ोजक राखी रेग्मी खनाल तथा सदस्य अप्सरा ढुंगाना र केदार कार्की र युवा उप-समिति संय‍ोजक अर्चना मान्नधर तथा सदस्य निशा खड्का र एलिना तामाङलाई मनोनयन प्रमाणपत्र प्रदान गरि खादा लगाएर सम्मान गरियो ।

कार्यक्रम उक्त संस्थाका सल्लाहकार रामबाबु सेढाईले मन्तव्य व्यक्त गर्दै महिला र पुरुष बीचको सम्मननजनक व्यवहारबाट सकारात्मक उर्जा पैदा हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *