३० वर्षे सेवा अवधि कार्यान्वन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेशले नेपाल प्रहरी भित्र तरङ

सर्वोच्च अदालतले नियमावली भरमा प्रहरीमा ३० वर्षे सेवा अबधि पूरा भएपछि अनिवार्य अवकासमा जानू पर्ने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै नेपाल प्रहरीमा कार्यरत प्रहरीहरुको सेवा अवधि लम्बिने अवस्था बनेको छ । यसले नेपाल प्रहरीमा तरङ्ग उत्पन्न गरेको छ । प्रहरी भित्रको ३ वर्षे सेवा अवधि पूरा भएपछि अनिवार्य अवकासमा जानु पर्ने प्रावधानका आधारमा यही भदौ १६ गते अनिवार्य अवकासमा जान लनगेका ९० जना प्रहरी अधिकृतहरुमध्ये २१ जनाले नेपाल प्रहरीमा ३० वर्षेमा अवकासमा जानू पर्ने प्रावधानले असमानता मायम गरेकोले यसलाई हटाएर निजामती कर्मचारीको झैं ५८ वर्षमा सेवाबाट अवकास पाउने व्यवस्था हुनुपर्ने माग गरि गत बुधबार सर्वोच्च अदालतमा दायर गरेको मुद्धालाई अग्राधिकारमा राखेर सुनुवाई गर्दै न्यायधीश हरि फुँयालको इजालासले नेपाल प्रहरीमा ३० वर्ष पूरा भएपछि प्रहरी सेवाबाट अनिवार्य अवकासमा जाने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । यो अन्तरिम आदेश अनुरुप यो मुद्धाको फैसला भए उमेर हदका आधारमा आगामी चैतमा ३० वर्षे उमेर हदले प्रहरी सेवाबाट अनिवार्य अवकास जाने तय भएका नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर सहित प्रहरीहरुको सेवा अवधि बढ्ने छ । यसले नेपाल प्रहरीभित्र नेतृत्वको लागि तयार भएका प्रहरी अधिकृतहरुको भावी योजनामा अशर पर्न सक्ने देखिएको छ ।

यो मुद्धाको पेशी आउदो असोज १० गतेका लागि तोकिएको छ ।

यस अघि लामो समयदेखि ३० वर्षे सेवा अवधि पूरा भएर सेवाबाट अवकासमा जानै लाग्दा प्रहरी सेवाबाट अवकासको समय ३० वर्षबाट बढाएर ३२ वर्ष बनाउन लविङ गर्दै आएपनि त्यसले पूर्णता नपाउदा लविङ गर्ने कर्मचारीहरु सेवाबाट अवकासमा जान बाध्य हुँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *