आउदो फाल्गुण २१ गते हुने तय भएको प्रतिनिधि सभा निर्वाचन बहिस्कार गर् ६ कम्युनिष्ट पार्टीले अपील गरेका छन् । शुक्रबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालय कुपण्डोल ललितपुरमा बसेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), नेकपा (जनपक्ष) र समाजवादी कम्युनिष्ट पार्टीको संयुक्त बैठकले स्वाधिन संयुक्त जन-सरकार र जन-संविधान निर्माण हुने सुनिश्चित नभएसम्म हुने निर्वाचनले राजनीतिक निकास नदिने उनीहरुको ठहर छ ।






