माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.को अर्ध-वार्षिक समीक्षा बैठक सम्पन्न

माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.काे २ दिवसीय अर्ध-वार्षिक समीक्षा बैठक सिन्धुपाल्चोकको सुकुटेमा यही माघ ७ र ८ गते सम्पन्न भयो ।

सो संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उप-समितिका पदाधिकारी तथा सदस्यहरु र संस्थाका कर्मचारीहरुकाे उपस्थिति रहेको थियो ।

उक्त संस्थाले गत बर्ष निमार्ण गरेकाे त्रिबर्षीय याेजना अनुरुप आफ्नाे लक्ष्य हासिल गर्न याेजनाबद्ध तरिकाले कार्य गर्दै आएको जनाएको छ ।

स्थापना भएको छाेटाे समयावधिमा यो संस्थाको शेयर पूँजी रु.३ कराेड ५० लाख पुर्‍याई संस्थाको बचत तथा मुनाफामा उल्लेख्य वृद्धि गर्न मद्दत गर्ने सम्पूर्ण शेयर सदस्यहरुलाई सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले धन्यवाद ज्ञापन गर्नु भएको छ ।
ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको त्यस संस्थाले फुटसल , जिमखाना तथा त:ननी बचत तथा ऋण सहकारी संस्था लि.सँगको सहकार्यमा ललितपुरको शंखमुलमा लिटिल फ्लावर इङ्लिस सेकेण्डरी स्कूल सञ्चालन गरिरहेको छ । यसले माँ बंगलामुखी मार्ट सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय कला , संस्कृति र सम्पदाको विकास र प्रवर्द्धन तथा आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको उक्त संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.ले शाखा स्तरको उत्कृष्ट कारोबार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *