पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्यको निधन

पश्चिम बंगालका पूर्व मुख्यमन्त्री तथा भाकपा (मार्क्सवादी)का नेता बुद्धदेव भट्टचार्यको ८० वर्षको उमेरमा आज कलकत्तास्थित आफ्नै निवासमा निधन भयो । पछिल्लो केही समययता उहाँ आफूलाई लागेको गम्भीर रोगसँग लड्दै आउनुभएको थियो ।

सन १९४४ मार्च १ तारेखमा जन्मिएका भट्टचार्य सन् २००० देखि २०११ सम्म पश्चिम बंगालको मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँ सन् १९७७ देखि २००० सम्म पश्चिम बंगालको मुख्यमन्त्री बनेका भाकपा (मार्क्सवादी)का नेता ज्योति बसु नेतृत्वको सरकारमा शिक्षा मन्त्री हुनुहुन्थ्यो । पश्चिम बंगलमा औद्योगिक क्रान्ति गर्ने नेताको रुपमा उहाँ चिनिनुहुन्छ । सन् २०२२ मा उहाँलाई भारत सरकारले पद्म भुषण जस्तो भारतको प्रतिष्ठित सम्मानबाट सम्मानित गर्न खोजेको थियो तर त्यसलाई उहाले स्वीकार गर्नुभएन । कतिपय कम्युनिष्ट नेताहरुले भने उहाँ पूर्व मुख्यमन्त्री ज्य‍ोति बसुले अगाडि बडाएको जनसंस्कृतिलाई छाडेर लालफित्ताशाही बनेकोले सन् २०११ मा भाकपा (मार्क्सवादी) नेतृत्वको २४ वर्ष लामो समय शासनन गरेको सरकार पश्चिम बंगालबाट ढलेको भनेर आलोचना गर्ने गरेको पाइन्छ । त्यसयता पश्चिम बंगालको विधान सभामा भाकपा (मार्क्सवादी)को उपस्थिति कमज‍ोर छ ।

यता भाकपा (मार्क्सवादी)लाई पराजित गरेर मुख्यमन्त्री बन्नुभएकी तृणामुल काँग्रृसकी नेतृ ममता बनर्जीले त्यसयता निरन्तर पश्चिम बंगाल सरकारको नेतृत्व गरिरहनुभएको छ ।

पूर्व मुख्यमन्त्री भट्टचार्यको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले शोक व्यक्त गर्दै उहाँको निधनबाट आफू दु:खी भएको बताउनुभयो । भने न्पाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल सहितका वामपन्थी नेताहरुले उहाँको निधनमा शोक प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *