अर्थ मन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को रु.१८ खर्व, ६० अर्व ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । आज बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री अनन्तले पेट्रोलियम पदार्थ र कोइला आयातमा हरित कर लगाउने, काठमाडौंका ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने , पोखरा , बुटवल र भरतपुरलाई जोडेर त्रिभुज शहर बनाउने बताउनुभयो । आगामी आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ६ प्रतिशत र मुद्रा स्फिर्तिदर ५.५ रहने अनुमान प्रस्तुत गर्दै उहाँले उक्त आर्थिक वर्षमा रु.१२ खर्व, ६० अर्व ३० करोड राजस्व संकलन गर्ने, आन्तरिक ऋणबाट रु.३ खर्व ४० अर्व र वैदेशिक ऋणबाट रु.२ खर्व १७ अर्व ६७ करोड र वैदेशिक अनुदानबाट रु.५२ अर्व ३३ करोड रकम संकलन गर्ने अनुमानित लक्ष्य प्रस्तुत गर्नुभयो । रु.४ खर्व ८ अर्व २७ करोड प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने भन्दै उहाँले चालू तर्फ रु.११ खर्व ४० अर्व ६६ करोड, पूँजीगततर्फ रु.३ खर्व ५२ अर्व ३५ करोड , वित्तीय व्यवस्थातर्फ रु.३ खर्व ६७ अर्व १८ करोड विनियोजन गरेको बताउनुभयो । बैंक तथा वित्तीय संस्था र सहकारीको धितो अनलाइनबाट गर्ने उहाँको भनाइ थियो । एमबीबीएस, कृषि, ईञ्जिनियरिङ लगायतको अध्ययनमा शैक्षिक ऋणको व्यवस्था गर्ने बताउदै उहाँले दिवंगत नेकपा (माके)की नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्मृतिमा काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोथेपी एण्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधारका लागि बजेट व्यवस्था गरेको छु’, भन्नुभयो । उहाँले सो आर्थिक वर्षमा ५ लाख भूमिहीनलाई जग्गा वितरण गर्ने बताउनुभयो ।
अर्थ मन्त्री पुनले प्रस्तुत गरेको नेपाल सरकारको आ.व. २०८१/८२ को बजेटको विस्तृत विवर्ण यश प्रकार छ ।












































































