काठमाडौं / नेपाल विद्युत प्राधिकरणले आजदेखि २० युनिट सम्म विद्युत खपत गर्ने ग्राहकको लागि विद्युत महशुल नि:शुल्क गरेको छ । यस आर्थिक रुपमा विपन्न जनतालाई राहत पुग्ने देखिएको छ । यसैगरी आगामी पुस महिनादेखि विजुलीको मीटर रिडिङ गरेको २१ दिन भित्र विद्युत महशुल भुक्तानी गर्ने अस्पताल तथा स्वास्थ्य केन्द्र/चौकीलाई नेपाल विद्युत प्राधिकरणले विद्युत महशुलमा २० प्रतिशतसम्म र विजुलीको मीटर रिडिङ गरेको ७ दिन भित्र विद्युत महशुल भुक्तानी गर्ने सबै ग्राहकलाई विद्युत महशुलमा २ प्रतिशतसम्म छुट दिने जनाएको छ तर नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल छुट दिएपनि भाडामा बस्ने नागरिकहरुलाई भने नेपाल विद्युत प्राधिकरणको यो सुविधा
कागलाई बेल पाको सर्प न विस्मत जस्तै भएको छ ।