उड्नै बित्तिकै त्रिभुवन विमानस्थलमा खसेको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको गयो ज्यान

आज विहान ११:११ बजे प‍‍ोखराका लागि त्रिभुवन विमनस्थलबाट उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई कलसाइन (सीआरजे २००) जहाज उड्ने बित्तिकै खसेेर जहाजमा आगो लागेेेपछि उद्धारका लागि त्यहाँ पुगेको उदधार टोलीले उद्धारका क्रममा दुर्घटनाग्रस्त जहाजबाट १८ जनाको शव फेला पारेको छ भने जीवितै उद्धार गरिएका उक्त जहाजका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई उपचारका लागि काठमाडौंक‍ो सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको छ । विमानमा चालकदलका सदस्य र सौर्य एयरलाइन्सका कर्मचारी गरि १९ जना सवार रहेको बताइएको छ ।

सो जहाज इञ्जिन मर्मत र परीक्षणका लागि प‍ोखरा लान लागिएको जानकारी प्राप्त भएको छ ।

उक्त जहाज दुर्घटनाभएसँगै त्रिभुवन विमानस्थलमा जहाज उडान र अवतरण रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *